बासद्वारा नेपाल–भारत सीमा जमुनाहमा हेल्प डेस्क सञ्चालन


बासद्वारा नेपाल–भारत सीमा जमुनाहमा हेल्प डेस्क सञ्चालन

नेपालगन्ज : नेपाल–भारत सीमाको जमुनाह नाकामा बास नेपालगन्जले नागरिक सहायता कक्ष (हेल्प डेस्क) सञ्चालनमा आएकोछ ।

जिल्ला प्रशासन कार्यालय बाँकेको सहकार्यमा सञ्चालन गरिएको हेल्प डेस्कको लुम्विनी प्रदेशका प्रदेश सदस्य आईपी खरेल, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ग र नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमसेर राणाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कोरोना कहरका बाबजुत बढिरहको नेपाल–भारत आवतजावतलाई व्यवस्थापन गर्ने, आवतजावत गर्ने नागरिकहरुलाई सहयोग गर्ने, सीमा नाकामा हुने समस्या तथा आम नागरिकहरुले पाईरहेको सास्तीका बिषयमा गुनासो संकलन गरि समाधानका लागि पहल गर्ने उद्देश्यले सो हेल्पडेस्क सञ्चालन गरिएको हो ।

हेल्पडेस्कको उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य आईपी खरेलले सीमा नाकामा हुने अब्यवस्थित भिडलाई ब्यवस्थापन गर्ने सन्दर्भमा नागरिक सहायता कक्ष प्रभावकारि हुने विश्वास ब्यक्त गरे ।

Kanti Aarogya Hospital Nepalgunj

हेल्प डेस्क उद्घाटन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाङ्गले सीमामा आउने गुनासाहरुको हेल्प डेस्कबाट समस्या र गुनासाको छिटो छरितोरुपमा सम्बोधन हुने विश्वास ब्यक्त गरे ।

यस्तै कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्सेर राणाले पर्वको समयमा सीमानाकामा यात्रुहरुको आहोरदोहोर बढी हुने भएकाले उनीहरुलाई सहज ढंगमा आवतजावत गर्न हेल्पडस्कको भूमिका महत्वपूर्ण हुने विश्वास ब्यक्त गरे । सीमामा हेल्प डेस्क एक असल अभ्यास रहेको उनको भनाई थियो ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।

सो कार्याक्रममा बाँके प्रहरी प्रमुख ओम बहादुर राना, जमुनाहा प्रहरी चौकीका ईन्चार्ज बिष्णु गिरी, बासका कार्यवाहक अध्यक्ष लुना बुढाथोकी, महासचिब शिव कुमार बर्मा, निर्देशक हेमराज भट्ट, जनसम्पर्क अधिकृत मुना बिष्ट, कार्यक्रम सहायक शुद्ध प्रसाद चौधरी लगायतको उपस्थिती रहेको थियो ।