नेपालगन्ज : अवधी पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष पत्रकार चन्द्रेश्वरराज त्रिपाठीलाई मातृ शोक परेको छ ।
पत्रकार त्रिपाठीकी ७७ वर्षिया आमा सावित्री देबी त्रिपाठीको शुक्रबार दिउँसो १२ः४५ बजे निधन भएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ६ निवासी त्रिपाठीको आमाको आज शनिबार बिहान हिन्दु धर्मअनुसार दाहसस्कार गरिएकोछ । स्वर्गीय त्रिपाठी केही दिनदेखि अस्वस्थ भइ उपचाररत रहेको पत्रकार त्रिपाठीले जनाएका छन् ।
उनको निधन प्रति दुःख प्रकट गर्दै अवधी पत्रकार संघ नेपालले शोक बक्तव्य जारी समेत गरेको छ । केन्द्रीय अध्यक्ष राकेश मिश्राले जारी गरेको बक्तव्यमा दिबंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति समबेदना प्रकट गरेको छ ।