विषाक्त छन् खेलौना, नदिनुहोस् बच्चालाई


विषाक्त छन् खेलौना, नदिनुहोस् बच्चालाई

रामचरित्र साह

बालबालिकालाई उपहार स्वरूप गुडिया तथा खेलौना दिनेहरूलाई थाहा नहुन सक्छ, यसले रोगको जोखिम पनि बढाउँछ भन्ने ।
बजारमा पाइने कुनै पनि खेलौनामा मिसाइएको रसायनबारे थाहा पाउन जरुरी छ । ग्रिनपिस तथा आईपेन नामक संस्थाले सन् २०११ मा चिनिया बजारमा पाइने पाँच सय खेलौनाको नमूना परीक्षण गर्दा यस्ता खेलौनामा हानिकारक रसायनको मात्रा बढी रहेको पाइएको थियो ।

सो अध्ययनले गुडिया, सिसाकलम, बल, गाडी, रिङ आदिमा ७५ प्रतिशतभन्दा बढी लिड, मर्करी, क्याडमियमजस्ता हानिकारक रसायन मिलाएर निर्माण गरिएको देखाएको छ । अमेरिकी उपभोग्य वस्तु उत्पादन समितिको प्रतिवेदन अनुसार सन् २००७ मा गरिएको अध्ययनमा बजारमा पाइने एक सय ५७ किसिमका खेलौनामध्ये ९९ प्रकारका खेलौनामा लिडको मात्रा अत्यधिक थियो । त्यस्तै, सन् २०११ मा गरिएको अर्को अध्ययनमा ४५ प्रकारका खेलौनामा लिडको मिश्रण पाइएको उल्लेख छ ।

वासिङ्टनको वातावरणीय स्वास्थ्य परियोजनाद्वारा १२ सय गुडियामा गरिएको अध्ययनले पनि दुई तिहाइभन्दा बढी खेलौनामा कुनै न कुनै किसिमको रसायन भेटिएको देखायो ।

Kids Festival 2022
kanti aarogya hospital
add

सन् २०१२ मा फिलिपिन्समा करिब चार सय ३५ वटा विभिन्न खेलौनामा गरिएको रसायनहरूको अध्ययनमा घातक धातुहरू एन्टिमनी, आर्से्निक, लिड, मर्करी, क्याटमियम आदि पाइएको थियो । यस्ता रसायन स्वास्थ्य एवं बालबालिकाको सुरक्षाका लागि अति खतरनाक हुन्छन् ।

रंगीचंगी खेलौनामा प्रयोग हुने रसायन लिड (सिसा) स्वासप्रस्वास, खाने कुरा तथा छालाको माध्यमबाट शरीरमा प्रवेश गरी विभिन्न स्वास्थ्य समस्या निम्त्याउने गर्दछ ।

रक्तनलीमा यसले रातो रक्त कोषिकाहरूलाई मार्दछ । फलस्वरूप विभिन्न अंग तथा तन्तुमा रगतको कमी भई आवश्यक अक्सिजन पुग्न सक्दैन । लिडले मस्तिष्क र स्नायु प्रणालीको विकासमा अवरोध पु¥याउँछ । रक्तअल्पता यसको साधारण लक्षण हो । टाउको दुख्ने, सिक्ने क्षमतामा ह्रास आउने, दिमागी सन्तुलन बिग्रने, शरीर बृद्घिमा कमी आउने, बानी व्यहोरामा परिवर्तन आउने, श्रवण शक्ति गुम्ने साथै अचेत अवस्थामा पुग्ने जस्ता लक्षण पनि देखा पर्छन् ।

लगातार लामो समयसम्म लिडको सम्पर्कमा आयो भने यसले मृगौलाको कार्यमा असर पु¥याउँछ । नपुंसक बनाउन सक्छ । लिड अत्याधिक मात्रामा बिषालु हुने भएकाले केवल एक डोज लिडको सेवनले पनि धेरै रोगका आकस्मिक लक्षणहरू देखा पर्न थाल्छन् ।

पाचन प्रणालीमा असर, उच्च रक्तचाप, स्मरणशक्ति गुम्ने, मृगौलामा खराबी, मस्तिष्कमा असर, मांशपेशी तथा जोर्नीको समस्या, नशामा असर र मांशपेशीसँगको सामन्जस्यता बिग्रने आदि रोगहरू लिडकै कारण लाग्छन् । लिडजस्तै गुडियामा प्रयोग हुने मर्करी वातावरणमा विभिन्न जीवाणुसँग मिलेर परिवर्तन हुने सबैभन्दा खतरनाक रसायन हो ।

मर्करी एकपटक हावा, पानी तथा माटोमा मिसिएपछि धेरै समयसम्म एक अवस्थाबाट अर्कोमा परिणत भई वातावरणलाई प्रदूषित गरिरहन्छ । साथै, वातावरणमा भएका अन्य जीवजन्तुलाई समेत असर गर्दछ ।

विश्व स्वास्थ्य संगठनका अनुसार मर्करीले स्नायु प्रणाली, पाचन प्रणाली, स्वासप्रस्वास प्रणाली तथा मृगौला, फोक्सो लगायतका अंगमा असर पु¥याउँछ । यसले सुन्ने र हेर्ने शक्तिमा ह्रास ल्याउनुका साथै बच्चाहरूको बौद्घिक एवं शारीरिक विकासमा समेत असर गर्छ ।

सबैभन्दा आश्चर्यको कुरा त के छ भने, मर्करीले हाम्रो शरीरको रोगसँग लड्ने क्षमताको सबैखाले प्राकृतिक बाधा जस्तैः गर्भनाल, मस्तिष्क रक्त कोषिका तथा छालालाई पार गरेर शरीरलाई हानी पु¥याउँछ । मर्करीको असरले रिसाउने, लजाउने, काँप्ने, हेर्ने र सुन्ने शक्तिमा नकारात्मक परिवर्तन आउँछ । यस्तै, स्मरण शक्ति सम्बन्धी समस्या, वाकवाक लाग्ने, रक्तचाप तथा छातीको धड्कन बढ्ने, छालामा दाग आउने, आँखा पोल्ने जस्ता रोग पनि देखा पर्छन् ।

खेलौनामा हुने हानिकारक रसायनको समस्या न्यूनीकरण गर्न विभिन्न मुलुकले आवश्यक ऐन कानुन र मापदण्ड बनाएका छन् । जस्तै, युरोपियन युनियनले सन् १९९९ देखि २०११ सम्ममा ६ वटा फ्याथालेट्सका खेलौनाको प्रयोग बन्द गरेको छ भने अमेरिका र अस्ट्रेलियामा पनि केही खैलौनामा बन्देज लगाइएको छ ।

खेलौनाबाट भयावह अवस्था आउने देख्दादेख्दै पनि नेपालमा सरोकारवाला निकायबाट कुनै चासो दिइएको छैन । पछिल्लो वर्षको तथ्यांक अनुसार नेपालमा २० करोड रुपैयाँ बराबरका खेलौना आयात गरिएको थियो । बालबालिकाको स्वस्थ्य र सुरक्षामा ध्यान दिने हो भने, यस विषयमा गम्भीर हुने कि ।

(लेखक रामचरित्र साह, जनस्वास्थ्य तथा वातारण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक हुन् ।)