नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले गौबद्ध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेकोछ ।
जिल्ला अदालत बाँकेले २०७७ बैशाख ४ गते गरेको फैसलाले गौबद्ध मुद्दामा सजाय फैसला भई फरार रहेका प्रतिवादी चार जनालाई पक्राउ गरेको हो ।
खजुरा गाउँपालिका वडा नम्बर ७ बस्ने बर्षाती खाँ, सरिफ खाँ, सलमान खाँ र अनिस खाँलाई प्रहरीले पक्राउ गरि जिल्ला अदालत बाँकेमा बुझाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका अनिस खाँको ३ महिना कैद र सलमान खाँ, सरिफ खाँ र वर्षाती खाँको जनहि २ महिना ४ दिन कैद फैसला भएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो ।
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ
राष्ट्रसंघले घोषणा गर्यो बालबिवाहविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालबाट स्वागत र धन्यवाद
भोटेकोसी बाढी: सुरुङमा ‘बेपत्ता’हरूका आफन्त आए सडकमै
‘सुरुङभित्र अझै सम्भावित जीवनहरू छन्’
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’