अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भने, यो पीडाको भारी बोक्न तपाईंहरू एक्लो हुनुहुन्न


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भने, यो पीडाको भारी बोक्न तपाईंहरू एक्लो हुनुहुन्न

काठमाडौं। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल र चीनको तिब्बती सीमा क्षेत्रको बिनाकाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रत दुस्ख व्यक्त गरेका छन् र नेपाललाई ‘एक्लो’ नभएको सन्देश दिएका छन्। अस्ट्रेलियाली संसद्‌लाई सम्बोधन गर्दै उनले यो बाढीमा आफ्ना ३६ जना नागरिक अझै सम्पर्कमा आउन नसकेको पनि पुष्टी गरेका छन्। 

गत अगस्ट २६ ९भदौ १०० मा भोटेकोशीमा आएको बाढीले दुई देशको सीमानामा दुवैतर्फ ठूलो विनाश निम्त्याए पनि सबैभन्दा बढी मार नेपालले खेप्नुपरेको उनले बताए। 

‘धेरै नेपालीले आफ्ना प्रियजन, आफ्नो घर अनि सिङ्गै गाउँहरू जीवनका सबै आधारहरू गुमाएका छन्। हरेक दिन बेपत्ता भएकाहरूको भेटिने आशा छ। त्यो चमत्कार पनि बन्नेछ’ उनले भनेका छन् ‘हामीले पनि हाम्रा ३६ जना अष्ट्रेलियाली नागरिकहरू त्यस्तै चामत्कारिक तरिकाले भेटियून् भन्ने आशा गरेका छौं। सम्पूर्ण अस्ट्रेलियाली जनताको ध्यान यतिबेला उनीहरूका परिवार र साथीभाइहरूप्रति केन्द्रित छ।’

उक्त बाढीको १३ दिनपछि नेपालले आज राष्ट्रिय शोक मनाइरहँदा प्रधानमन्त्री अल्बानीजले सामाजिक सञ्जालमार्फत पनि प्रभावितहरूप्रति सहानुभूति व्यक्त गरेका छन्। संसद्‌को सम्बोधनमा उनले गत शुक्रबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन वार्ता गरी अस्ट्रेलियाको तर्फबाट गहिरो समवेदना प्रकट गरेको जानकारी दिए।

‘आज नेपालले राष्ट्रिय शोक मनाइरहेको छ। म हाम्रा नेपाली साथीहरूलाई भन्न चाहन्छु, यो दुस्खको भारी बोक्नका लागि तपाईंहरू एक्लै हुनुहुन्न’ उनले भनेका छन्। 

अस्ट्रेलिया सरकारले त्यहाँ रहेका नेपाली, तिब्बती र भारतीय समुदायसँग निरन्तर समन्वय गरिरहेको अल्बानीजले जानकारी दिएका छन्। उनले सम्पूर्ण अस्ट्रेलियालीहरूलाई आशा नहार्न र प्रार्थना गर्न आग्रहसमेत गरेका छन्।

विपद् राहतका लागि आपत्कालीन राहत अपिलमा अस्ट्रेलियाली जनताले देखाएको उदारता र सहयोगको प्रशंसा गर्दै उनले भनेका छन् ‘यो एउटा त्यस्तो उदाहरण हो, कि जस्तोसुकै वा जहाँसुकैको ठूलो विपद्‌मा पनि एकजुट भएर र साझा मानवीय भावनाका साथ सामना गर्न सक्छौँ भन्ने शक्तिशाली सन्देश हो।’