काठमाडौं। विपदका बेला अझ त्यसमा सुरुङ र त्यस्ता कठीन विपदहरूमा उद्धारका ‘आइडिया’ दिएर विश्वव्यापीरुपमा ख्याति कमाएका एक भूगर्भविद अनि विपद उद्धारकर्ता हुन्, प्रोफेसर आर्नोल्ड डिक्स। अष्ट्रेलियन नागरिक उनि मात्रै एक भूमिगत इन्जिनियर वा वैज्ञानिक होइनन्, उनी इन्जिनियरिङ, भू(गर्भशास्त्र, र कानुनका विशेषज्ञ पनि हुन्। सुरुङभित्र हुने दुर्घटना, आगलागी र सुरक्षा जोखिमसम्बन्धी कानुनी र प्राविधिक मामिलामा उनी विश्वकै अग्रणी मानिन्छन्।
हाल उनि नेपालमा छन् र भोटेकोशी बाढीका कारण सुरुङमा फँसेकाहरूको उद्धारमा संलग्न छन्। उनले सुरुङ उद्धारका लागि सुरुबाटै नेपाली उद्धारकर्मीहरूलाई आइडिया दिँदै आएका थिए। अहिले उनि रसुवा क्षेत्रमा रहेका हाइड्रोपावरका सुरुङहरूमा आफै उद्धारकर्ममा खटिएका छन्।
सन् २०२३ मा भारतको उत्तराखण्डस्थित ुसिलक्यारा टनेलुमा ४१ जना मजदुरहरू फसेका थिए। यो कठिन र सुरुमा असम्भवजस्तै मानिएको उद्धार कार्यमा प्रोफेसर डिक्सलाई मुख्य प्राविधिक सल्लाहकार र विशेषज्ञका रूपमा बोलाइएको थियो। उनकै नेतृत्व र परामर्शमा १७ दिनपछि ४१ जनाकै सकुशल उद्धार सम्भव भएको थियो।
हाल नेपालमा पनि यस्तै भएको छ। र आफै उद्धारकार्यमा खटिएका उनले केही अनुभवहरू सामाजिक सञ्जालमा लेखेका छन्। विश्वका कैयौं विपदमा अगुवाई गरेका उनले नेपालको अवस्था देखेर भनेका छन्, ‘अहिलेसम्मको मेरो जीवनमा मैले कहिल्यै यस्तो भोगेको थिइनँ‘।’
‘यो मात्रै एउटा उद्धार कार्य होइन। बरु धेरै ठाउँमा एकैसाथ आइलागेका विपदहरूमा एकैसाथ अघि बढिरहेका उद्धारका प्रयासहरू हुन् जहाँ हरेक मोड आफैमा खतरापूर्ण छन्। अनिश्चितताहरू छन्। र सबैभन्दा ठूलो कुरा त्यहाँ ९सुरुङहरूमा० अझै बचाउन सकिने सम्भावित जीवनहरू छन्’ उनले लेखेका छन् ‘तर हाल हामीले नेपालमा यस्तो परिस्थितिको सामना गरिरहेका छौं जुन मैले यसअघि कहिल्यै भोगेको थिइनँ।’
उनले यहीबीचमा भारतको ुसिलक्यारा टनेलुको उद्धार पनि सम्झिएका छन्। र लेखेका छन् ‘त्यहाँ ४१ जना श्रमिकहरू सुरुङभित्र थुनिएका थिए र हामीसामु एउटा लगभग असम्भव देखिने दायित्व थियोस् उनीहरूलाई सकुशल घर फर्काउने। हामीले त्यो कठिन परीक्षा एकत्र भई सफलतापूर्वक पार गर्यो।’
र, त्यसमा नेपालको परिस्थितिलाई जोडेर उनले भनेका छन् ‘तर सम्भवतः एउटा ठूलो परीक्षा उत्तीर्ण हुनुको अर्थ परीक्षाहरूको शृङ्खला समाप्त हुनु होइन। कहिलेकाहीँ यसको अर्थ हामीमाथि अझ ठूलो र चुनौतीपूर्ण जिम्मेवारी सुम्पिएको हुनसक्छ।’
उद्धारकर्मबाट अझै पनि हरेस नखाएको र निराश नभएको भन्दै उनले यसलाई ‘कर्तब्य वा धर्म’ जे भने पनि त्यसलाई जीवनकै एक महत्वपूर्ण जिम्मेवारीकारुपमा लिएको पनि बताएका छन्।
‘पश्चिममा दर्शनमा यसलाई ुकर्तव्यु भन्न सकिन्छ। सफलता अनिश्चित भए तापनि जे सही हो, त्यो गर्नु नै हाम्रो उत्तरदायित्व हो’ उनले भनेका छन् ‘तर पूर्वीय दर्शन र परम्पराले अर्को एउटा सशक्त अवधारणा प्रदान गर्छ,धर्म। परीक्षा हामी सफल हुन्छौँ या हुँदैनौँ भन्नेमा मात्र सीमित छैन, बरु बाटो जतिसुकै कठिन हुँदै जाँदा, जिम्मेवारीहरू थपिँदै जाँदा र परिणाम अज्ञात रहँदा पनि हामी निरन्तर सही मार्गमा लागिरहन्छौँ कि छैनौँ भन्नेमा निर्भर हुन्छ।’
आफूले भारतको उत्तराखण्ड सुरुङ विपदबाट जीवनमा धेरै कुरा सिकेको बताउँदै उनले त्यसबाट न्यून सम्भावना र असम्भवबीचको फरक आफूले राम्रोसँग बुझेको पनि बताएका छन्।
‘सिल्कयाराले मलाई 'न्यून सम्भावना' र 'असम्भव' बीचको फरक बुझायो। नेपालले मलाई त्योभन्दा पनि ठूलो पाठ सिकाउँदै छ, जब एकैसाथ धेरै जीवनहरू हामीमाथि निर्भर हुन्छन्, तब आशा अनुशासनमा रूपान्तरित हुनुपर्छ, करुणा कार्यमा परिणत हुनुपर्छ र कर्तव्य सफलताको सुनिश्चिततामा मात्र सीमित हुनु हुँदैन’ उनले भनेका छन् ‘पूर्वीय होस् वा पश्चिमा, सिद्धान्त अनि दर्शनहरू त्यसबाट कर्तब्यपथमा हामीलाई एउटै भाव महसुस हुन्छ।’
उद्धार कार्यको सफलता वा मूल्याङ्कन बाँचेका वा बचाइएका जीवनबाटमात्रै नभइ अझै पनि आशा त्याग्न नसेकका जीवनहरूबाट पनि उनको बुझाइ छ।
‘हाम्रो मूल्याङ्कन हामीले बचाएका जीवनहरूबाट मात्र हुँदैन, बरु हामीले त्याग्न अस्वीकार गरेका जीवनहरूबाट हुन्छ’ उनले भनेका छन्।
अन्तर्राष्ट्रिय टनेलिङ तथा अन्डरग्राउन्ड स्पेस एसोसिएसन (आईटीए) का अध्यक्षसमेत रहेका डिक्सले रसुवा बाढीको सुरुवाती दिनहरूमा अस्ट्रेलियाबाटै नेपाल विद्युत् प्राधिकरणलाई प्राविधिक परामर्श दिदैं आएका थिए। उनको त्यही सुझाव र समन्वयका कारण बाढीको १० औं दिनमा त्रिशूली ३ ‘ए’ को जलमग्न सुरुङबाट दुई जना प्राविधिकलाई जीवितै उद्धार गर्न सम्भव भएको थियो। त्यसलगत्तै नेपाल आइपुगेका डिक्स अहिले आफैँ फिल्डमा खटिएका छन्। बाढी र हिलोले पूर्ण रूपमा पुरेका संरचनाभित्र पनि ‘बाँच्न सकिने हावाका सुरक्षित पकेटहरू’हुनसक्छन् भन्ने प्राविधिक मान्यताका आधारमा उनले चिलिमे जलविद्युत आयोजनालगायत विभिन्न सुरुङहरूको निरीक्षण र खोजी कार्यलाई निर्देशित गरिरहेका छन्।
‘सुरुङभित्र अझै सम्भावित जीवनहरू छन्’
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा