रिक्साबाट हराएको ७ लाख ४० हजार नगद २४ घण्टामा बाँके प्रहरीले फेला पार्यो


रिक्साबाट हराएको ७ लाख ४० हजार नगद २४ घण्टामा बाँके प्रहरीले फेला पार्यो

रिक्साबाट हराएको ७ लाख ४० हजार नगद २४ घण्टामा फेला पारि सम्बन्धित ब्यक्तिलाई बुझाउदै बाँकेका प्रहरी प्रमुख ओमबहादुर राना ।

नेपालगन्ज : बाँके प्रहरीले रिक्साबाट हराएको ७ लाख ४० हजार नगद २४ घण्टामा फेला पारि सम्बन्धित ब्यक्तिलाई बुझाउन सफल भएकोछ । फेला पारेको ७ लाख ४० हजार रुपैयाँ बाँकेका प्रहरी प्रमुख उपरीक्षक ओमबहादुर रानाले पीडित दत्तबहादुर नाथलाई मङ्गलबार बुझाउन सफल भएका हुन् ।

रोजगारीका शिलशिलामा भारतबाट फर्केका घोराही नगरपालिका वडा नम्बर– ५, धर्ना बस्ने ५४ वर्षिय दत्त सोमबार नेपालगन्जको पुष्पलाल चोकबाट कारकाँदो जानेक्रममा ७ लाख ४० हजार रुपयाँ रहेको उनको झोला रिक्सामै छुटेको थियो ।

वर्षभरी मेहनगरि कमाएको रकमसहितको झोला हराएलगत्तै दत्तले जिल्ला प्रहरी कार्यालयमा सोमबार निवेदन दर्ता गराएका थिए । दत्तले निवेदन दर्ता गराएलगत्तै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक ईश्वरदेव गिरीको कमाण्डमा खटेको प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीले नेपालगन्ज उपमहानगरपालिकामा जडान गरिएको सिसी टिभि फुटेजको सहयोगमा अनुसन्धान गर्दै जाँदा नगदसहितको झोला नेपालगनज उप–महानगरपालिका वडा नम्बर–१४ बस्ने देशराज बर्माले चलाउने गरेको भे १ ह ५०१९ नम्बरको अटो सिक्सामा फेला पारेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

रकमसहितको झोला उक्त रिक्सामा रहेको तथ्य फेला परेपछि प्रहरीले रिक्सा चालक बर्मालाई खोजी गरि सकुसल उक्त रकम पीडित ब्यक्तिलाई सकुसल बुझाउन सफल भएको प्रहरी उपरीक्षक रानाले जानकारी दिए ।

वर्षभरी कमाएको रुपैयाँ लिएर घर फर्केका दत्त लाखौं रुपैयाँसहितको झोला हराएपछि भेटाउने आशा मारेको बताए । उनले भने–‘प्रहरीको सक्रियताले हराइरहेको रुपैयाँ प्रहरीले २४ घण्टामै फेला पारि सकुसल उपलब्ध गरायो ।’ हर्षित हुदैँ उनले अगाडी भने–‘यही घटना भारतमा भएको भए मैले हराइरहेको पैसा पाउने थिए । धन्यबाद छ बाँके प्रहरीलाई ।’

यसअघि, बाँके बैजनाथ गाउँपालिका वडा नम्बर– ३ बस्ने राधिका बिकको मंसिर १० गते दमराबाट बानियाँभार जाने क्रममा नगद चार लाख रुपैयाँ रहेको उनको झोला बसबाट हराएको थियो ।

चार लाख नगद सहितको झोला हराएको भनि वडा प्रहरी कार्यालय नेपालगन्जमा राधिकाले निवेदन दिए पश्चात वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक खड्का स्वयं अनुसन्धानमा खटेका थिए ।

कोहलपुर चौराहमा रहेको सिसी टिभिले कैद गरेको फुटेजबाट निरन्तर अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक खड्काले पाँचौ दिनमा हराइरहेको रकम सकुसल फेला पारि पीडित राधिकालाई उपलब्ध गराएका थिए ।

लामो समय सिआइबीमा काम गरेका निरीक्षक खड्का अपराध अनुसन्धानमा अब्बल मानिन्छन् ।