ट्वाइलेट सफा गर्नेक्रममा सुरजको मृत्यु, तीन जना बेहोस


ट्वाइलेट सफा गर्नेक्रममा सुरजको मृत्यु, तीन जना बेहोस

सिरहा : ट्वाइलेट सफा गर्नेक्रममा निसास्सिएर एकजनाको मृत्यु भएकोछ । सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका वडा नम्बर–४, थल्हाकटहामा ट्वाइलेट सफा गर्ने क्रममा निसास्सिएर कलियानपुर नगरपालिका–१, निवासी ५० वर्षीय सुरज पासवानको मृत्यु भएको हो । भने घटनामा ३ जना बेहोस भएका छन् ।

करिब २० दिनअघि बनाइएको टोइलेट्को हदको ढक्कन खोलेर सफाइ गर्न प्रवेश गरेपछि अक्सिजन अभावले बेहोश भई सुरजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलयका अनुसार घाइते हुनेहरुमा सिरहाको सुखिपुर नगरपालिका ५ निवासी १८ वर्षीय राम सिहहेश्वर सदा, कलियानपुर नगरपालिका–१, निवासी ४७ वर्षीय देवनारायण पासवान र स्थनीय राम औतार पासवान रहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

मृतकलाई निकाल्न प्रवेश गरेका ती तीन जना मजदुर पनि बेहोस भएको स्थानीयले बताए । घाइते तीनैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्वाइलेट हदमा अक्सिजन अभाव भएपछि पंखा चालाएर बेहोस भएकाहरूसँगै मृतकलाइ पनि स्थानीयले निकालेका थिए । मृतकको शव पोस्टमार्टमका लागी जिल्ला अस्पताल सिरहा लगिएको प्रहरीले जनाएको छ ।