ट्रयाक्टर पल्टिदाँ मुगुका सिजुवालको मृत्यु


ट्रयाक्टर पल्टिदाँ मुगुका सिजुवालको मृत्यु

नेपालगन्ज : तिव्रगतिमा गुडिरहेको ट्रयाक्टर अनियन्त्रित भई पल्टिदाँ ट्रयाक्टर चालकको मृत्यु भएकोछ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ सिद्धार्थ भ्यू होटल नजिक ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

कोहलपुरदेखि नेपालगन्ज आएर पुनः नेपालगन्जदेखि कोहलपुरतर्फ फर्कने क्रममा ट्रयाक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए ।

उनका अनुसार लु४त ७३७२ नम्बरको ट्रयाक्टर कारकाँदोस्थित सिद्धार्थ भ्यू होटल नजिकबाट मोड्ने क्रममा अनियन्त्रित भई पल्टिएको हो । ट्रयाक्टर पल्टिदाँ गम्भीर घाईते भएका छायाँनाथ रारा नगरपालिका वडा नम्बर १०, मुगुका ट्रयाक्टर चालक अन्दाजी २२÷२३ वर्षिय दील बहादुर सिजुवालको उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

ट्रयाक्टर दुर्घटना लगत्तै उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएकोछ ।