पिपरीमा बाख्रा स्रोतकेन्द्र स्थापना गर्दै लुम्बिनी प्रदेश सरकार


पिपरीमा बाख्रा स्रोतकेन्द्र स्थापना गर्दै लुम्बिनी प्रदेश सरकार

File Photo

कोहलपुर (बाँके) : बाँकेको पिपरीमा ब्यवसायिक बाख्रा पालनका लागि बोयर जातको बाख्रा स्रोत केन्द्र स्थापना गरिने भएकोछ ।

उन्नत जातको बाख्रा उत्पादन गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले बोयर जातको बाख्रा स्रोत केन्द्र स्थापना गर्ने भएको हो । लुम्बिनी प्रदेश भुमि ब्यवस्था कृषी तथा सहकारी मन्त्री आरती पौडेलले लुम्बिनी प्रदेश सरकारले कोहलपुर नगरपालिका वडा नम्बर–८ को पिपरीमा बाख्रा पालनको राम्रो संभावना रहेको भन्दै प्रदेश सरकार र कोहलपुर नगरपालिकाबीच सहकार्य गरि स्रोत केन्द्र स्थापनाका लागि बजेट बिनियोजन समेत गरेको बताईन ।

कोहलपुर नगरपालिकाका विभिन्न वडाका गृहणी महिलालाई लक्षित गरी उनीहरुलाई आयआर्जनसंग जोड्ने भन्दै लुम्बिनी प्रदेश भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ३० लाख र कोहलपुर नगरपालिकाको १० लाख लगानीमा बोयर जातको बाख्राको स्रोत केन्द्र स्थापना गरिदैँछ ।

यसरी किसानले पालेका खसीबाख्राको प्रदेश सरकारले बजारीकरण समेत गर्ने भन्दै मन्त्री पौडेलले खसीबोका बिक्रिमा प्रतिकिलो २५ रुपैया किसानलाई प्रोत्साहन दिने, दुध, तरकारी, उत्पादन गर्ने किसानलाई उत्पादन बिक्रिमा प्रतिकिलोका दरले प्रोत्साहन अनुदान दिने नीति तयार गरी कार्यान्वयनको तयारीमा रहेको जानकारी दिईन ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रदेश सरकारले कोभिड–१९ बिशेष कायर्क्रमलाई समेत अगाडि बढाएको बताउँदै सामुहिक रुपमा स्मार्ट कृषिलाई अगाडी बढाउन प्रदेश सरकारबाट कृषकहरुका लागि व्याज अनुदान दिने, करार अनुदान, प्रोत्साहन अनुदान गरी ३ प्रकारका अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको बताईन । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले लुम्बिनी प्रदेश सरकारसंगको सहकार्यमा पिपरीमा बोयरजातको बाख्राको स्रोत केन्द्र स्थापनाले बोयर जातको बाख्रा पालनमा रहेका किसानलाई सहयोग पुग्ने बताए ।

बिपन्न तथा आर्थीक रुपले पछाडी परेका र समुहमा आबद्ध रहेका गृहणी महिलाको आर्थिक अवस्था उकास्न प्रदेश सरकारको सहयोगमा बाख्रा स्रोत केन्द्र स्थापना गर्नुको साथै नगरपालिकाले उनीहरुलाई बाख्रा पैँचो कार्यक्रम मार्फत बाख्रा बितरण समेत गरेको रावतले बताए ।

उनले उपाहारमा प्राप्त गरेको बाख्राबाट आम्दानी गरी महत्वपुर्ण काममा लगानी गरे आर्थीक स्थिति उकास्न सकिने दाबी गर्दै रावतले भने–‘गृहणी महिलालाई आयआर्जनमा जोड्नको लागि हेफर मोडलमा बाख्रा बितरण गरिएको हो । यसबाट सामान्य रुपमा आम्दानी गरी आफ्नो घरखर्च चलाउन सक्ने भएकाले यो कार्यक्रम ल्याइएको हो ।’

कोहलपुर नगरपालिकाले नगरका विभिन्न वडाहरुमा हेफर मोडलमा महिला उपकार मञ्चसंगको समन्वयमा बाख्रा पैँचो कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाको वडा नम्बर १,२,३, ७, ८ वडा र १०,१२,१३,१४ वडाका दुई हजार गृहणी महिलालाई विभिन्न ८० वटा समूह आबद्ध गराई बाख्रा पैँचो कार्यक्रम सञ्चालन गरेको छ ।

स्थानीय जातका बाख्रा मात्रै पाल्दै आएका किसानलाई पिपरीमा स्थापना हुने बोयरजातको बाख्रास्रोत केन्द्रले ठूलो लाभ हुने स्थानीय किसानको बुझाई छ ।

यसरी उपाहार स्वरुप प्राप्त गरेका बाख्राबाट उत्पादन भएको पहिलो पाठी १८ महिनापछि अर्को महिला समुहलाई उपाहार दिनुपर्ने नियम रहेको छ । कोहलपुर नगरपालिकाले यस वर्ष एक सय ५० वटा बाख्रा र १० वटा बोका र गत वर्ष सोही कार्यक्रम अन्तरगत एक सय ५० बाख्रा र ३० वटा बोका बितरण गरेको छ ।