नेपालगन्ज १२ वैशाख : रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल आगो निभाउने क्रममा जलेर क्षतिग्रस्त भएको छ । नगरपालिकाको लु १ ग ३४९ नम्बरको दमकलमा आगलागी भएको हो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ गणेशनगरको जङ्गलमा डढेलो निभाउन गएको दमकलमा बुधबार हावासँगै आगोको लप्काले दमकलमा टिपेपछि आगलागी भएको ईलाका प्रहरी चौकी मङ्गलापुर रुपन्देहीले जनाएको छ ।
दमकलमा आगलागी भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । यो वर्ष रुपन्देहीमा गर्मी सुरु भएसँगै भएको आगलागीमा ठुलो भौतिक क्षति भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको मुग्लाहामा करिब १० बिगाहा जग्गाको गहुँ बाली नै जलेर नष्ट भएको छ ।
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य
गरिमाकाे चित्कार र राज्य हराएकाे त्याे पल
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?