नेपालगन्ज १२ फागुन : सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ । योसंगै संसद पुर्नस्थापना भएकोछ ।
चौतर्फी फैसलाको प्रतीक्षा भइरहेका बेला सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दाको फैसला हिजो (मङ्गलबार) सुनाएको हो ।
सबैको चासोको विषय बनेको यस मुद्दामा फैसला कस्तो आउला ? वा प्रतिनिधि सभा विघटन सदर होला वा बदर ? धेरैको चासो र सरोकारको विषय बनिरहेका बेला यसबारे सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले समेत आ–आफ्नै ढंगले व्याख्या र विश्लेषण गरिरहेका थिए ।
कतिले सदर त कतिले बदर हुन्छ भनिरहेका थिए । तर, सर्वोच्चले दुई महिनायताको सुनुवाइ प्रक्रिया अन्त्य गर्दै विघटनको निर्णय बदर गरिदिएको हो । योसंगै पुस ५ गते सरकारको सिफारिसमा विघटन भएको संसद् सर्वोच्च अदालतले ब्युँताइदिएको छ । सर्वोच्चको फैसलापछि अबको प्रक्रिया के हुन्छ भन्नेबारेमा धेरैको चासो छ ।
अबको पहिलो प्रक्रिया प्रधानमन्त्रीको राजीनामा नै हुनुपर्ने हुन्छ । यदि उनले राजीनामा नदिए त्यो अनैतिक हुन्छ र पुनःस्थापित संसदले उनलाई हटाउन सक्छ ।
जुन संसद्ले निर्वाचित ग¥यो त्यही संसद्लाई संविधान विपरीत संसद् विघटन गरेका प्रधानमन्त्रीले संसद् पुनःस्थापित भएपछि राजीनामा दिएर प्रक्रिया अघि बढाउनु नै नैतिक हुन्छ । तर, उनले नैतिकता देखाएर संसद बैठक आह्वान गरेनन् भने १३ दिनभित्र सर्वोच्चकै आदेशमा राष्ट्रपतिले संसद् डाक्नुपर्छ । संसद्को नियमित प्रक्रिया त्यसपछि आरम्भ हुनेछ ।
अब यो फैसलासंगै नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुईवटा समूहले निर्वाचन आयोगमा आधिकारिकता दाबीमा निर्वाचन आयोगले निर्णय दिनुपर्ने हुन्छ । आयोगले निर्णय गरेपछि संविधानको प्रयोग गर्न र राष्ट्रपतिलाई पनि सरकार गठन गर्न सहज हुनेछ । त्यसपछि मात्रै संसदमा संविधानको धारा ७६ को कुन उपधारा अनुसारको सरकार बन्छ भन्ने निर्णय हुनेछ ।
संसद पुर्नस्थापनाको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओली सामु नैतिक प्रश्न त खडा भएको नै छ । आफ्नो कदम अदालतले असंवैधानिक ठहर गर्दै बदर गरिदिएपछि ओलीले तत्काल राजीनामा बाटो प्रयोग गर्नुपर्ने हो । तर, अहिलेसम्मको अवस्था हेर्दा ओली अविश्वासको प्रस्ताव सामना गर्ने मुडमा देखिन्छन् ।
प्रधानमन्त्रीले निकास दिए पनि नदिए पनि नेकपाको विभाजित समूह प्रचण्ड–माधवकुमार नेपालले पनि सरकार गठनका लागि राजनीतिक कोर्स अघि बढाइसकेको छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई समेत विश्वासमा लिएर अबको सरकार गठन गर्नेछ । त्यसका लागि प्रचण्ड–नेपाल समूहले काँग्रेससमेतलाई विश्वासमा लिएर प्रधानमन्त्री केपी ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेस गर्नेछ ।
पार्टी विभाजनपछि पनि ओली नेतृत्वको पार्टी दोस्रो ठूलो दल बन्ने सम्भावना रहेकाले सरकार बनाउन उसको भूमिका निर्णायक हुन्छ । ८० सांसद नघट्ने दाबी गर्दै देउवा र ओली मिलेर सरकार गठन गर्नेछ ।
तर, यो संगसगै प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट देशमा शैन्य ‘कू’ गर्नसक्ने आँकलपनि गरिएकोछ । सत्तारुढ तथा सत्ता बाहिरका दल एवम नेताहरूले समेत प्रधानमन्त्रीको राजीनामा आउने बताए पनि उनका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले राजीनामा नदिने स्पष्ट पारेका छन् ।
मंगलबार अबेर राति १० बजे थापाले फेसबुकमार्फत लेख्दै सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद भए पनि कार्यान्वयन गर्नुपर्ने तर, प्रधानमन्त्रीको राजीनामा नआउने उल्लेख गरेका छन् ।
उनले लेखेका छन् – सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर, मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ । प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन ।
प्रधानमन्त्री ओलीको राजीनामाका विषयमा यसखाले उनकै प्रेस सल्लाहकार थापाले सार्वजनिक गरेको सन्देशबाट अब देशमा अस्थिरता कायम गरि प्रधानमन्त्रीले राष्ट्रपतिबाट देशमा शैन्य ‘कू’ हुन सक्ने भन्दै चिन्ता र चासो समेत आउन थालेकोछ ।
‘नेपालको पुन: निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेल बेलायतले नेतृत्व गर्नसक्छ’
पश्चिमतिर बर्षाको ‘अत्यधिक जोखिम’, २५ जिल्लामा यातायात बन्द
सगरमाथादेखि समुद्रसम्म, पशुपतिनाथदेखि बुद्धकाे बाटाेसम्म
यी हुन् बाँकेका पालिकामा काँग्रेस हाँक्ने नेतृत्व
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?