८३ वटा प्रयोगशालाबाट पीसिआर परीक्षण गर्दै सरकार


८३ वटा प्रयोगशालाबाट पीसिआर परीक्षण गर्दै सरकार

नेपालगन्ज १८ फागुन : नेपालमा कोरोना संक्रमण देखिन थालेपछि ०७६ चैतमा सरकारले जम्मा ८५ वटा अस्पताललाई कोभिड अस्पतालका रुपमा सूचीकृत गरेको थियो ।

संक्रमणदर उच्च भएपछि सबै (रोग विशेषका अस्पतालबाहेक) निजी तथा सरकारी अस्पतालहरुले स्वीकृत शैयामध्ये २० प्रतिशत कोभिडका बिरामीका लागि छुट्याउनुपर्ने व्यवस्था गरिएको थियो ।

ती अस्पतालहरुले बिरामीसँग परीक्षण शुल्कबाहेकको शुल्क लिन नपाउने तर, कोभिडका बिरामीको उपचार गरेबापत शोधभर्ना रकम सरकारले अस्पताललाई उपलब्ध गराउने व्यवस्था गरिएको थियो ।

पुषयता नेपालमा कोभिड १९ संक्रमितको दर घट्दै गएपछि निजी अस्पतालहरुलाई ननकोभिड अस्पतालका रुपमा सेवा नियमित गर्न अनुमति दिइएको थियो । ०७७ माघ २८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै सरकारी अस्पतालहरुबाट मात्रै कोभिडको उपचार सेवा प्रवाह हुने जानकार गराएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

निजी अस्पतालहरुलाई सोही दिनबाट कोभिडका बिरामी भर्ना नलिन निर्देशन दिएको थियो । सोही निर्णयअनुसार अहिले ५४ सरकारी अस्पतालबाट मात्रै कोभिड १९ को निःशुल्क उपचार हुँदै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

हाल देशका ४८ सरकारी र ३५ वटा निजी गरी जम्मा ८३ वटा प्रयोगशालामा पीसीआर परीक्षण हुँदै आएको छ ।

पीसीआर परीक्षणका लागि माघ ३० गतेदेखि सरकारी प्रयोगशालामा पीसीआर परीक्षण शुल्क दुई हजारबाट घटाएर एक हजार रुपैयाँ कायम गरिएको छ ।

तर, निजी क्षेत्रमा भने पीसीआर शुल्कबारे सरकारले कुनै निर्णय लिन सकेको छैन । निजी प्रयोगशालामा २ हजारदेखि ३ हजार ५ सयसम्म पीसीआर शुल्क लिने गरेको पाइएको छ ।

सरकारले २ हजारभन्दा कम पीसीअर शुल्क कायम गरे परीक्षण गर्न नसकिने निजी प्रयोगशालाहरुले आजाव उठाउँदै आएका छन् ।

सरकारले कोभिड अस्पतालको संख्या घटाए पनि परीक्षणका लागि निजी प्रयोगशालालाई पनि अनुमति दिएको छ ।