सिटी प्यालेसले पायो चारतारेको मान्यता, अत्याधुनिक सुविधा


सिटी प्यालेसले पायो चारतारेको मान्यता, अत्याधुनिक सुविधा

नेपालगन्ज १० कार्तिकः नेपालगन्ज स्थित होटल सिटी प्यालेसले चार तारेको मान्यता पाएकोछ । २०७२ सालबाट ७ तले भवनबाट सेवा सुरु गरेको होटल सिटी प्यालेसले चारतारेको मान्यता पाएको हो । चारतारे होटलको मान्यता पाएको सिटी प्यालेसले यतिबेला आफ्नो भौतिक संरचाना सुधार गर्दै गुणस्तरीय, आधुनिक सुविधायुक्त बनाएकोछ ।

नेपालगन्जको केन्द्रविन्दुका रुपमा रहेको धम्बोझी चोक स्थित सिटी प्यालेस चारतारे भएसंगै आफ्नो स्वरुपमा परिर्वतन ल्याएकोछ । कोरोना भाइरस संक्रमणले थला परिरहेको होटल, ब्यापार–व्यवसायमा अनवरत सेवाभावले सेवा प्रदान गर्दै आएको होटल सिटी प्यालेस पुग्ने जोकोहीले होटलको साजसज्जा, अत्याधुनिक सुविधा, आरामदायी एवम हस्पिटालिटीले लालयीत हुने गर्छन् ।

होटलले चारतारेको मान्यता पाएपछि आफ्नो स्वरुप परिर्वतन गरेसंगै होटलका हरेक स–साना कुरालाई सुक्ष्मरुपमा अध्ययन र निराकरण गर्ने गरेको होटल सिटी प्यालेसका प्रबन्ध निर्देशक लोकेन्द्र अर्याल बताउँछन् ।
यतिबेला होटल सिटी प्यालेसमा जाने जोकोही होटलको ब्यवस्थापकीय पक्ष, अत्याधुनिक सुविधा, हस्पिटालिटी लगायतका कुराले प्रभावित बन्ने गरेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

सुरुवातमा ५० करोड लागतमा होटल निर्माण गरिएको बताउँदै सिटीका प्रबन्ध निर्देशक अर्यालले भने–‘चारतारेको मान्यताले यहाँबाट प्रदान गरिने सेवाको गुणस्तरता, पाहुनाको आरामदायी बसाई, रुचीअनुसारको खानपान लगायतको विषयलाई ससक्तरुपमा परिस्कृत गरिएकोछ ।’

होटलले चारतारेको मान्याता पाएपछि थप २५ करोड लागतमा यतिबेला होटलले पुरै मुहार फेरेकोछ । ७ तले भवनमा ६५ वटा कोठाहरु रहेकाछन् । भने थप ३० वटा कोठासहितको भवन निर्माणको अन्तिम चरणमा पुगेकोछ ।

एक हजार जना अट्ने बैंकट हल, १–२ सय जना अट्ने दुईवटा सेमनिार हल, रेष्टुरेण्ट, सुनास्टिम जाकुजी, हेल्थ क्लब र स्पा सहितको स्नानको ब्यवस्था गर्दै होटलले आफ्नो गुणस्तरयीतामा स्तरउन्नती गरेकोछ ।
होटलमा स्विट, डिलक्स र सुपरडिलक्स गरि तीन क्याटोगेरीका रुमहरु ग्राहकलाई सुपथ मूल्यमा उपलब्ध गराइरहेको होटलका प्रबन्ध निर्देशक अर्यालले बताए ।

बाँकेको नेपालगन्जबाट पर्यटन प्रर्बद्धन गर्न होटल ब्यवसायीहरुको महत्वपूर्ण भूमिका रहने बताउदै अर्याल अगाडी थप्छन्–‘आन्तरिक तथा बाह्र (विशेषगरि भारतीय) पर्यटकका लागि पश्चिम नेपाल घुम्न नेपालगन्ज गेटवेका रुपमा रहेकोछ । यहाँ स्तरीय होटलले उहाँहरुको बसाई सहज र सरल बनाउन सहयोग गरिरहेकोछ ।’

‘नेपालगन्जबाट मानसरोवर, सेफोक्सुण्डो ताल, रारा, स्वर्गद्वारी, बाँके–बर्दिया राष्ट्रिय निकुञ्ज, दैलेख तथा सुर्खेत धार्मिक एबम पर्यटकीय स्थलको अवलोकन, भ्रमण र दर्शन गर्न सहज र सरल हुने भएकाले पनि बाँकेमा होटल ब्यवसाय फस्टाउदो रहेकोछ’ उनले अगाडी थपे–‘ यसले नेपालगन्जसहित समग्र देशको आर्थिक कारोबारलाई सहयोग गर्छ ।’

पछिल्लो समय बाँकेको नेपालगन्ज क्यासिनो हबका रुपमा विकसित हुँदै गएकाले छिटैनै सिटी प्यालेसमा क्यासिनो सञ्चालन हुने उनले बताए । अर्यालले भने–‘यहाँको आर्थतन्त्रलाई क्यासिनो सञ्चालनले सहयोग गर्छ । क्यासिनोका लागि भारतीय आउने र उनीहरु यस क्षेत्रको पर्यटकीय तथा धार्मिक क्षेत्रको अवलोकन गरेर जान्छन् ।’

‘नेपालगन्जमा ब्यापार व्यवसाय फस्टाउनु भनेकै समग्र पश्चिम क्षेत्रको लागि फाइदा हो । त्यसैले पनि नयाँ व्यवस्थापनसंगै अत्याधुनिक सुविधाबाट होटलको स्तरोन्नती गरिएको छ ।’ अर्यालले भने –‘होटलको नयाँ स्वरुप, ब्यवस्थापकीय तथा खानाका परिकार पस्किनु नै हाम्रो विशेषता हो ।’

कोरोना भाइरस संक्रमणका पहिलो लहरमै होटल सिटी प्यालेसले आफ्नो सेवा बन्द गररे ‘आइसोलेसन’ व्यवस्था गरेको थियो । अस्पताल तथा आइसोलेसन केन्द्रमा विरामी भरिभराउ भइरहेका बेला होटल सिटीले न्यूनतम शुल्कमा आइसोलेसन व्यवस्था गरेपछि कोरोनाबाट संक्रमित थुप्रै विरामीलाई सहजता भएको थियो । पछि अन्य होटलहरुले समेत आइसोलेसनको व्यवस्था गरेका थिए ।

कोरोनाका कारण लगभग शून्यमा झरेका नेपालगन्जका होटल व्यवसाय पुरानै लयमा फर्किन थालेका छन् । कोरोना भाइरस संक्रमणको जोखिमकैबिच खुला भएको बन्दाबन्दीपछि नेपालगन्जका होटल ब्यवसाय पुरानै लयमा फर्किन थालेकाहुन् । बन्दाबन्दी सकिएपछि होटल व्यवसायीले लिएको घर भाडामा नेपालगन्ज उद्योग वाणिज्य सङ्घले घरधनीसँग छुट गराएको थियो । यसो गर्दा नेपालगन्जका व्यवसायीमा थोरै भए पनि आर्थिक भार कम भएको यहाँका होटल व्यवसायी बताउँछन् ।

नेपालगन्जका होटल तथा पर्यटन व्यवसाय मूलतः भारतीय पर्यटकले धानेको छ । यहाँका होटल र यीनले दिने सेवा निकै स्तरीय छन् । नेपालगन्ज क्षेत्रमा रहेका ठूला र आधुनिक सुविधा सम्पन्न होटलको कारोबारले विस्तारै गति लिन थालेका छन् ।

नेपालगन्जमा रहेको सिटि प्यालेससंगसगै होटल सोल्टी, स्नेह, सिद्धार्थ, सिग्नेट इन कृष्णा, स्टारलाईट लगायत सुविधा सम्पन्न होटलले विशेषतः भारतीय पर्यटकलाई नै आधार बनाएको पाइन्छ । यद्यपी उनीहरुले आन्तरिक पर्यटकलाई बढावा पनि दिइरहेकाछन् ।

केही समयअघिमात्र नेपाल–भारत सीमानाका पूर्णरुपमा खुलेपछि भारतीय पर्यटकको आगमन विस्तारै बढ्दै आएकोछ ।

पर्यटन गन्तव्यको केन्द्र बिन्दुलाई प्रमुख आधार बनाएर नेपालगन्ज हुँदै कैलाशमानसरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो ताल जाने पर्यटकलाई लक्ष्य बनाएर सिटी प्यालेसले आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

अझ पछिल्लो समय नेपालगन्जको होटल व्यवसायलाई पर्यटनको विकाससँग जोड्न नेपालगन्जमा भर्खरै खोलिएका मेरो प्लानेट, फनपार्क, वाटरपार्क, रानी तलाउ, नेपालगन्ज पार्क, बागेश्वरी मन्दिर, बर्दियाको ठाकुरबाबा, कान्तिताल पर्यटकीय क्षेत्रको विकास र विस्तार गरिएपछि आन्तरिक तथा बाह्र पर्यटकको चहलपहल हुन थालेकोछ । यसैबीच नाटा नेपालले बर्दिया राष्ट्रिय निकुञ्जसम्म नेपालगन्जबाट पर्यटक बससमेत सञ्चालनमा ल्याउनु, नेपालगन्ज–पोखरा–नेपालगन्ज सोझो उडान समेत गरिरहेकोछ ।

-तस्विरहरु सबै : विजय मल्ल /सेतोखरी