बाँकेका एक हजार ३३४ जनामा एचआइभी संक्रमण


बाँकेका एक हजार ३३४ जनामा एचआइभी संक्रमण

बाँकेको एचआइभी एड्सका बारेमा जानकारी दिदैँ भेरी अस्पताल नेपालगन्जका एचआइभी फोकलपर्सन डाक्टर संकेत रिसाल । तस्विर :विजय /सेतोखरी

नेपालगन्ज १४ मंसिर : नेपालमा ९ हजार ४१७ एचआइभी संक्रमित ‘हिडेन’ रहेको डरलाग्दो तथ्य बाहिरिएकोछ । विश्व एड्स दिवसको पूर्वसन्ध्यामा एचआइभी संक्रमितको यस्तो डरलाग्दो तथ्य बाहिरीएको हो ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको एक तथ्यांक अनुसार सन् २०२० को अन्तसम्म नेपालमा ३० हजार ३०० व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान छ । यस्तै, ७५४ जनामा एचआईभीको नयाँ संक्रमण भएको अनुमान गरिएको छ । सन् २०२० मा मात्रै ६ सय ३६ व्यक्तिहरुको एड्सको कारणले मृत्यु भएको अनुमान छ ।

सन् २०२१ को जुलाई महिनासम्म नेपालमा २० हजार ८८३ संक्रमितहरुले एन्टिरेट्रोभाइरल (एआरभ) उपचार लिइरहेका छन् । जुन कुल एचआइभी संक्रमित मध्ये ६९ प्रतिशत मात्र एआरभी उपचारमा रहेका छन् ।

उपचारको पहुँच बाहिर रहेका ३१ प्रतिशत संक्रमित अर्थात ९ हजार ४१७ संक्रमितको तथ्यांक सरकारसंग छैन । अर्थात उनीहरु सरकारको सम्पर्कमा नरहेको पाइएको हो । जसले गर्दा उनीहरु कहाँ र कस्तो अवस्थामा छन् भन्ने यकिन तथ्य सरकारसंग छैन ।

Kids Festival 2022
kanti aarogya hospital
add

यो सबै तथ्यांक म्याथम्याटिक्सको आधारमा हिसाब गरेर निकालिएकोे नम्बर हो । त्यो भन्दा कम वा बढी पनि हुनसक्छ । तर, ठूलो संख्यामा एचआईभी संक्रमितहरु ‘हिडेन’मा रहेकाछन् । उनीहरु कहाँ छन् भन्ने सरकारलाई पनि थाहा छैन ।

सरकारले २०३० सम्ममा एचआइभी/एड्सको महामारीलाई अन्त्य गर्ने अर्थात शून्य नयाँ एचआईभी संक्रमण, शून्य एड्स सम्बन्धित मृत्यु र शून्य एचआईभी सम्बन्धित भेदभावको लक्ष्य लिएको छ ।

यस्तै सन् २०३० सम्म ९५–९५–९५ को लक्ष्य अर्थात ९५ प्रतिशत एचआईभी संक्रमितहरुले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, ती मध्ये ९५ प्रतिशतले एआभी औषधिको उपचारमा पहुँच हुने र ती औषधि खानेहरु मध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून भएको हुने लक्ष्य समेत लिएको छ ।

यस्तै सन् २०२६ सम्ममा आमाबाट शिशुमा हुने संक्रमण उन्मूलन गर्ने लक्ष्य समेत बनाएको छ । हाल एन्टिरेट्रोभाइरल उपचार लिइरहेका एचआईभी संक्रमित वयस्क र बालबालिकाहरु ६९ प्रतिशत रहेको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

यसैगरि भाइरस भार नगन्य अवस्थामा भएका एन्टिरेट्रोभाइरल उपचार पाइरहेका वयस्क र बालकालिका ३१ प्रतिशत छन् भने आमाबाट शिशुमा हुने संक्रमणको निवारणका लागि एन्टिरेट्रोभाइरल उपचार पाउने एचआईभी संक्रमित गर्भवतीक ७३ प्रतिशत मात्र रहेका छन् ।

हालको अवस्थालाई हेर्दा र उपचारको पहुँच बाहिर सम्पर्कबिहीन अवस्थामा रहेका अनुमानित तथ्यांकलाई हेर्दा पनि सन् २०३० सम्मको लक्ष्य पुरा गर्ने कार्य चुनौती पूर्ण रहेको छ । सरकारले एचआईभी एड्सको कार्यक्रमका लागि वार्षिक ५६ करोड बजेट विनियोजन गर्दै आएको छ । तर, सो बजेट औषधि खरिदका लागि मात्र ठिक्क भएको र बजेट अपुग हुँदा सन् २०३० को लक्ष्य पुरा गर्न चुनौतीपूर्ण देखिएकोछ ।

यसैबीच, बाँकेमा एड्सका एक हजार ३ सय ३४ जनामा एचआइभी संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय बाँकेले मङ्गलबार नेपालगन्जमा आयोजित पत्रकारबीचको अन्तरक्रियामा यस्तो तथ्य बाहिरिएको हो ।

विस २०७४/०७५ मा एक हजार १२, ०७५/०७६ मा एक हजार १०१, ०७६/७७ मा एक हजार २ सय १७ र ०७७/७८ मा एक हजार ३ सय ३४ जनामा एचआइभी एड्सको संक्रमण देखिएको छ । यो गएको आर्थिक वर्ष ०७६/०७७ को भन्दा एक जनाले बढी हो । भेरी अस्पतालमा अहिले ५ सय २६ जनाले नियमित एआरटी सेवा लिइरहेका छन् ।

पत्रकार अन्तरक्रियामा भेरी अस्पतालका फोकलपर्सन डाक्टर संकेत रिसालले एड्सलाई न्यूनिकरण गर्न सचेतिकरणका कार्यक्रम सबै ठाउँमा पु¥याउनु पर्ने बताए ।

उनका अनुसार नेपालमा एचआईभी संक्रमणको उच्च जोखिममा रहेका समूहरुमा सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगीहरु, रोजगारीका लागि बिदेशिनेहरु र जेलका कैदीहरु रहेका छन् ।