दाहसंस्कारमा गएका दुई युवाको राप्ती नदीमा डुबेर मृत्यु


दाहसंस्कारमा गएका दुई युवाको राप्ती नदीमा डुबेर मृत्यु

नेपालगन्ज २६ जेठ :बाँकेको राप्ती नदीमा दाहसंस्कारका लागि गएका दुई युवाको डुबेर मृत्यु भएको छ ।

हुम्लाको सिमकोट–८ घर भई हाल नेपालगन्ज–१, धम्बोझीमा भाडामा बस्दै आएका १८ वर्षीय त्रिबल शाही र लेकराज छन्तेल आज बिहान राप्ती नदीमा मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

उनका अनुसार बुधबार घरभेटीको दाहसंस्कारमा गएका उनीहरू घर नफर्केपछि साँझ ६ बजे खोजतलास गर्दा नदीको छेउमा दुईजोर कपडा र एकथान मोबाइल फेलापरेको थियो । पौडी खेल्ने क्रममा नदीमा डुबेको आशंका गरिएको छ ।

बिहीबार बिहानै खोजतलासमा खटिएको प्रहरी टोलीले डुडुवा गाउँपालिका–४ स्थित सिधनियाघाट राप्ती नदीमा उनीहरूको शव फेला पारेको हो । हुम्लाबाट अध्ययनका लागि नेपालगन्ज आएका उनीहरूले यसै वर्ष यहाँस्थित धम्बोझी माविबाट कक्षा–१२ को परीक्षा दिएका थिए ।