काठमाडौं। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले जुम्लामा उत्पादित स्याउ प्रवर्द्धनका लागि राष्ट्रिय अभियान नै चलाउन भन्दै स्वदेशी उत्पादनलाई प्रयोगमा ल्याउन अपिल गरेका छन्। चन्दननाथ बहुउद्देश्यीय सहकारीका अध्यक्ष ऋषिराम पाण्डेसँग जुम्लाको स्याउ उपहार ग्रहण गर्दै भट्टराईले यस्तो अपिल गरेका हुन्।
‘मैले त प्रधानमन्त्री रहेकै बेलादेखि कमसेकम जुत्ता चाहिं स्वदेशमै उत्पादित मात्रै प्रयोग गर्ने अठोट गरेर निरन्तर पालना गर्दै आएको छु। पछि स्वदेशमै बनेकोअल्लोको कोट(पाइन्ट मात्रै औपचारिक कार्यक्रममा लगाउने अठोट सहित पालना गरिरहेछु। अरू पनि थप्दै जानेछु’ उनले भनेका छन् ‘हामी सबैले कमसेकम किनेर खाँदा स्वदेशी स्याउ मात्रै किन्ने गरे कसो होला?’
उनले जुम्ला, हुम्ला, मुस्ताङ, मनाङलगायतका जिल्लामा उत्पादित स्याउले बजार नपाइरहेका बेला विदेशी स्याउ भित्रिरहेको भन्दै त्यसलाई बिडम्बना पनि भनेका छन्।
‘विडम्वनाको कुरा हो कि नेपालले गत बर्ष करिब रू. चार खर्बको कृषिजन्य वस्तु आयात गर्यो। त्यसमध्ये फलफूल रू। २१ अर्ब बराबर थियो भने त्यसमा सबभन्दा धेरै स्याउको हिस्सा रू. १०.५५ अर्ब थियो’ उनले भनेका छन् ‘अर्थात् एकातिर जुम्ला, हुम्ला, मुस्ताङ,मनाङ लगायतका स्वदेशमै उत्पादित स्याउले बजार पाइरहेका छैनन् भने अर्कोतिर हामी हाम्रै छोराछोरीले खाडीको गर्मीमा पसिना बेचेर पठाएको रेमिटेन्स खर्चेर विदेशी स्याउ भित्र्याइरहेछौं।’
भट्टराईले राजनीतिसँगसँगै अर्थनीतिमा पनि आमूल परिवर्तन गर्न युवाहरूलाई अपिल समेत गरेका छन्।
‘अब साँच्चैं हाम्रा युवाहरूले देशलाई समृद्ध बनाउने हो भने राजनीति संगसंगै अर्थनीतिमा पनि आमूल परिवर्तन गर्नैपर्छ। त्यसकोनिम्ति राज्यले अन्य कुरा अतिरिक्त खाद्यवस्तु र उर्जामा आत्मनिर्भर हुने नीति अपनाउने र सबै नागरिकले स्वेच्छिक ढंगले सकेसम्म स्वदेशी उत्पादन नै प्रयोग गर्ने वृहद् राष्ट्रिय अभियान नै चलाउने किरु’ भट्टराईले भनेका छन्।
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल
पार्टीको ‘ह्वीप’ मानेकी अम्बिकाको पद गुम्यो, नमान्ने सांसदहरू सरकारमै
ग्यास पुर्याउन नसक्दा एउटाकाे राजीनामा, नयाँ मन्त्रीले के गर्लान्?
संसदमा सांसद कमल सुवेदीको प्रस्ताव : संघीय राजधानी दाङमा सारौं
सरकारप्रति रास्वपा सांसदकै आक्रोश: एउटा सल्लाहकार नै यो सरकार नाश गर्न काफी छ
‘उद्योगीहरूलाई पाता फर्काउनुपर्ने’ भन्ने उद्योग मन्त्रीले दिइन् राजीनामा