काठमाडौं। सत्तापक्षकै एकजना सांसदले प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकार कुमार बेनमाथि गम्भिर आरोप लगाएपछि त्यसबारे टिकाटिप्पणी र आलोचनाहरू सुरू भएका छन्।
यसैबीच जेनजी मुभमेन्ट नेपालले बेनलाई तत्काल पक्राउ गरी निष्पक्ष र गहिरो अनुसन्धान गर्न सरकारसँग माग गरेको छ। बिहीबारको संसद बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले बेनमाथि आरोप लगाउँदै बालेन सरकारको नाश गर्न उनि एक्लै काफी भएको बताएका थिए।
जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा बेनमाथि कल बाइपासजस्तो गम्भीर आपराधिक गतिविधिमा संलग्न भएको तथा विदेशी जासुसी संयन्त्रसँग कथित अपारदर्शी सम्पर्क रहेको आरोप उठेको भन्दै तत्काल अनुसन्धान गर्न माग गरेका हुन्।
वक्तव्यमा गम्भीर आरोप लागेका व्यक्तिलाई प्रधानमन्त्रीको प्रमुख सल्लाहकारजस्तो संवेदनशील जिम्मेवारीमा राख्नु कानुनी शासनको उपहास भएको उल्लेख गरिएको छ। पद र पहुँचका आधारमा अनुसन्धानबाट उन्मुक्ति दिन नहुने जेनजी मुभमेन्ट नेपालको भनाइ छ।
मुभमेन्टले कुमार बेनलाई राज्यमन्त्री स्तरको सुविधा दिइएको तर उनको शैक्षिक योग्यता एसएलसी पास मात्र रहेको भन्दै प्रधानमन्त्रीको प्रमुख सल्लाहकार नियुक्तिको योग्यतामाथिसमेत प्रश्न उठाएको छ।
त्यस्तै, सत्तारूढ दलकै सांसदले संसदमा सरकारको वास्तविक शक्ति केन्द्र सिंहदरबार नभई ज्वागल बनेको अभिव्यक्ति दिएको विषयलाई पनि मुभमेन्टले संवेदनशील रूपमा उठाएको छ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारमाथि विदेशी जासुसी संयन्त्रसँग कथित भेटघाट तथा सम्पर्कको आरोप लाग्नु राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएको उसले जनाएको छ।
प्रधानमन्त्रीले संसदमा नेपालको सीमा अतिक्रमण र राष्ट्रिय सार्वभौमिकताका विषयमा प्रश्न उठाउने तर आफ्नै प्रमुख सल्लाहकारमाथि सोही देशका कथित जासुसी संयन्त्रसँग अपारदर्शी सम्पर्कको आरोप लाग्दा मौन बस्ने हो भने सरकारको नियतमाथि गम्भीर प्रश्न उठ्ने मुभमेन्टको भनाइ छ।
त्यस्तै, अनुसन्धान प्रभावित हुन सक्ने सम्भावना रोक्न उनलाई तत्काल सरकारी जिम्मेवारीबाट अलग गर्नुपर्ने मागसमेत गरिएको छ। राष्ट्रिय सुरक्षा, सार्वभौमिकता वा संवेदनशील सरकारी सूचनामा बाह्य प्रभाव वा पहुँच प्रमाणित भए देशद्रोहलगायत प्रचलित कानुनअनुसार कठोर कारबाही गर्नुपर्ने मुभमेन्टले जनाएको छ।
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल
पार्टीको ‘ह्वीप’ मानेकी अम्बिकाको पद गुम्यो, नमान्ने सांसदहरू सरकारमै
ग्यास पुर्याउन नसक्दा एउटाकाे राजीनामा, नयाँ मन्त्रीले के गर्लान्?
संसदमा सांसद कमल सुवेदीको प्रस्ताव : संघीय राजधानी दाङमा सारौं