नेपालगञ्ज। रुकुमपश्चिममा एउटा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आइतबार बिहान ८ बजे सानीभेरी गाउँपालिका–६ कोट बाट खलङ्गा जाँदै गरेको लु१च ६०२९ नम्बरको डबल क्याप जिप भीरबाट झन्डै १०० मिटर तल खसेको थियो।
प्रहरीका अनुसार दुर्घटनामा जीपका चालक र जीपमा रहेकी अर्की एकजना महिलाको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–रुघाका चालक सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका–६ की अन्दाजी १५–१६ वर्षीया प्रेमकला पुन रहेका छन्।
त्यसमा ९ जना घाइते भएका छन्। जसमध्ये चारजना गम्भिर घाइतेहरूलाई हेलिकोप्टरबाट सुर्खेत लैजाने तयारी भइरहेको छ।
रुकुमपश्चिम दुर्घटनास् दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा