काठमाडौै। आगामी एशिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाल अब छनोट भएको छ। शनिबार भएको फाइनल खेलमा युएई (संयुक्त अबर इमिरेट्स)लाई पराजित गर्दै एसीसी प्रिमिअर कपको च्याम्पियन भएसँगै नेपाल सिधै एसिया कपमा सहभागी हुन पाउने भएको हो।
एशिया कप नेपालका लागि दोस्रो मौका हो।
आगामी २०२७ को जुनमा हुने एसिया कप प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलङ्का, बाङ्ग्लादेश तथा अफगानिस्तान पनि सहभागी हुनेछन्। उक्त खेल बङ्गालदेशमा हुँदैछ।
शनिवार बिहान मलेसियाको वायुमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले युएईलाई ३१३ रनको लक्ष्य दिएको थियो। तर आफ्नो चीर प्रतिष्पर्धी युएईलाई नेपालले ४९।२ ओभरमै २६८ रनमा अलआउट गरिदियो। नेपालका ओपनर आशिफ शेखको शतकिय पारी यो जितका लागि सबैभन्दा महत्वपूर्ण रह्यो। आशिफले १०२ रनको शतक प्रहार गरे।
१०६ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गरेका थिए। यो उनको एक दिवसीय अन्तर्राष्ट्रिय करिअरको दोस्रो शतक पनि हो। उनको प्रदर्शनले नेपालको जितको लागि आधार तयार भएको थियो।
नेपाल र युएई एसियाली क्रिकेटका चिर परिचित प्रतिष्पर्धी हुन्। सन् २०२३ को संस्करणमा नेपालले युएईलाई ७ विकेटले पराजित गरी एसिया कपमा छनोट भएको थियो। त्यसको अर्को वर्ष २०२४ को संस्करणमा नेपाललाई युएईले सेमिफाइनलमा नै रोकेको थियो।
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल