नेपालगन्जमा मिस्टर एण्ड मिस थारुको अडिसन, ६ जना चुनिए


नेपालगन्जमा मिस्टर एण्ड मिस थारुको अडिसन, ६ जना चुनिए

नेपालगन्ज २२ साउन : थारु समुदायको मौलिक संस्कार, परम्परा लगायत बौद्धिक, सौन्दर्य प्रतिभालाई प्रवद्र्धन गर्न मिस्टर एण्ड मिस थारु २०२२ को चौथो संस्कारणको अडिसन सुरु भएको छ ।

जह इन्टरटेनमेन्ट प्रालीको आयोजनामा पहिलो चरणको अडिसन साउन २१ गते शनिवार देशको चार ठाउँ नेपालगन्ज, झुम्का, बिरगंज र चितवनमा समपन्न भएको हो ।

नेपालगन्जको अडिसनमा ८ जनाले सहभागी जनाएका थिए । जसमा आशिष थारु, निशान थारु, अशोक थारु, लाल बहादुर रत्गैया, भाबना चौधरी र माया चौधरी गरि ६ जना सलेक्ट भएका छन् ।

अडिसनका लागि निर्णायकमा सञ्चारकर्मी प्रज्वल श्रेष्ठ, थारु कलाकार/गायीका श्रीदेवी थारु, निर्देशक कोरियोग्राफर सुरज देव कुस्मिया र मिस थारु २०२१ का फाइनलिस्ट निरु थारु थिए । नेपालगन्जको अडिसन स्वतिष्क कटेजमा भएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै झुम्काको अडिसनमा १२ जना सहभागी जनाएका थिए । जसमा सबिना चौधरी, बन्धना चौधरी र आशिष चौधरी ३ गरि जना सलेक्ट भएका छन् ।

अडिसनका लागि निर्णायकमा संगीतकार सुनिल चौधरी, अधिकारकर्मी सिता थरुनी, मिस थारु २०२१ का सकेण्ड रनरअप लक्षमी चौधरी र कलाकार/मोडेल मिस्टर थारु २०१८ का फाइनलिस्ट राजिभ चौधरी थिए ।

बिरगञ्ज अडिसनमा ७ जनाले सहभागीता जनाएका थिए । जसमा मुस्कान चौधरी, निशा चौधरी र करिना चौधरी गरि ३ जना सलेक्ट भएका छन् ।

अडिसनका लागि निर्णायकमा सञ्चारकर्मी दिपेन्द्र चौधरी, सामाजिक अभियन्ताहरु बिजया ओझैया, लिलाराज चौधरी र शेखर चौधरी तथा मिस्टर थारु २०२१ का फस्ट रनरअप रबि चौधरी थिए ।

यस्तै चितवन अडिसनमा १३ जनाले सहभागीता जनाएका थिए । जसमा सोनु महतो पंजियार, सुरेश दहित, रुपा चौधरी र स्मृति चौधरी थारु गरि ४ जना छनोट भएका थिए ।

अडिसनका लागि निर्णायकमा थारु कलाकार संघ चितवनका अध्यक्ष सुरेश चौधरी, थारु प्रतिभा पुरस्कार २०६२ का बिजेता डाक्टर अमित चौधरी, मिस नेपाल २०२० का फाइनलिस्ट आयुस्मा श्रेष्ठ र मिस थारु २०२१ का बिजेता लिभा थारु थिए ।

यसैगरी साउन २४ गते बिराटनगर, लाहान, टिकापुरको कैलालीमा हुने छन् । भने साउन २८ गते बुटवल, दाङ र काठमाण्डौँमा हुनेछ । प्रतियोगीहरु छनोट भएर काठमाण्डौँमा हुने फिनालेका लागि सहभागी हुने छन् । प्रतियोगिताको फिनाले भदौ २५ गते हुने आयोजकले जनाएको छ ।