नेपालगन्ज। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सबै एआइजी र डिआइजीलगायतका उच्च अधिकारीहरूलाई प्रहरी हेडक्वार्टर बोलाएका छन्। केही दिनदेखि आइजिपीलगायत केही उच्च अधिकारीहरूलाई सरकारले पदमुक्त गर्न लागेका समाचारहरू सार्वजनिक भएलगत्तै हेडक्वार्टरले सक्रियता बढाएको थियो।
बिहीबार हेडक्वार्टले ‘अति आवश्यक छलफल’ भन्दै उपत्यका प्रहरी कार्यालयका प्रमुख रहेका एआईजीसहित सातवटै प्रदेश प्रमुखको जिम्मेवारीमा रहेका डीआईजीहरूलाई बोलाएको हो।
त्यसअघि बिहीबार बिहानैदेखि आइजिपी कार्कीले प्रदेशका प्रहरी प्रमुख हेडक्वार्टर पुग्नुअगावै पोलिसी कोअर्डिनेशन कमिटी (पीसीसी) को बैठक बोलाएका थिए। आईजीपीको अध्यक्षतामा बस्ने उक्त बैठकमा हेडक्वार्टरसहित काठमाडौं उपत्यकामा कार्यरत एसएसपी तहसम्मका अधिकृत सहभागी छन्। त्यसपछि आइजिपीले एआइजी र डिआइजीहरूसँग बैठक गर्नेछन्।
बुधबारमात्रै आइजिपी कार्कीले उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरु, नेपाल प्रहरी प्रदेश कार्यालयहरु, सम्पूर्ण तालिम केन्द्रहरु, जिल्ला प्रहरी कार्यालयहरु, नेपाल प्रहरी राजमार्ग तथा ट्राफिक सुरक्षा व्यवस्थापन कार्यालयहरु, सम्पूर्ण गण तथा गुल्महरु, जिल्ला ट्राफिक प्रहरी कार्यालयहरु लगायत प्रहरी निरीक्षक प्रमुख रहने प्रहरी कार्यालयहरुसम्मका कार्यालय प्रमुखहरुलाई भर्चुअल निर्देशन दिएका थिए। त्यसक्रममा उनले केही उच्च प्रहरी अधिकारीहरूले नै सूचना चुहाउने र मिडियामा समाचार लेखाउनेजस्ता प्रहरी आचारसंहिता विपरीत काम गर्दै आएको भन्दै उनिहरूलाई सचेत पारेका थिए।
प्रहरी संगठनमाथि अहिले ‘हस्तक्षेप’ र चलखेल सुरु भएको भन्दै पछिल्ला केही दिनयता कार्कीले सक्रियता पनि बढाएका छन्। आफूलाई पदमुक्त गर्ने सरकारले तयारी गरेको समाचारहरू बाहिरिएसँगै उनले कानुन व्यवसायीहरूसँग समेत छलफल गरेका थिए।
कार्यालयको कामका सिलसिलामा केही दिनदेखि काठमाडौंमा छन्।
बागमती प्रदेश प्रहरीमा डीआईजी दीपक रेग्मी, लुम्बिनीमा भूपेन्द्रबहादुर खत्री, कर्णालीमा जयराज सापकोटा, सुदूरपश्चिमका सानुराम भट्टराई र मधेशमा डीआईजी ओमप्रसाद अधिकारी प्रमुखका रुपमा कार्यरत छन्।
खासगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आइजिपी कार्कीमाथि भ्रष्टाचारको आरोप लगाउँदै छानबिन हुनुपर्ने माग उठाउँदै आएका थिए। त्यसपछि एउटा पुरानो अश्लील अडिओ संवाद प्रकरणमा मुछिएपछि सुनार अहिले पार्टीको आन्तरिक छानबिनमा छन्।
समाचारहरूमा जनाइएअनुसार आइजिपी कार्कीलाई पदमुक्त गर्नेका लागि प्रधानमन्त्री बालेन शाहको समूह निकै सक्रिय भएको छ। र जसरी भए पनि उनलाई पदमुक्त गर्ने तयारीसमेत भइरहेको छ।
हटाउने उपाय खोज्दै प्रधानमन्त्री, हेडक्वार्टरमा आइजिपीको अर्कै रणनीति
कर्णालीका हिमाली जिल्लाहरूमा हुनसक्छ भारी हिमपात, लुम्बिनी र सुदूरतिर वर्षाको चेतावनी
भएकाे एउटा दमकल जेनजीले जलाइदिए, अहिले घर-पसल जलिरहँदा पश्चिम दाङ चारै पालिकामा छैन दमकल
बाँकेका खेतमा सुगन्ध फैलाउँदै ‘कालानमक’
नागरिकताको प्रतिलिपि लिन अब आफ्नै जिल्ला धाउनुपर्दैन
‘अरनब’ आँधीको प्रभाव : लुम्बिनीका सात जिल्लामा ‘अति जोखिम’