दाङ। पश्चिम दाङको हापुरे बजारस्थित एक पसलमा बुधबार साँझपख आगो सल्कियो। विद्युत सर्ट भएर आगो लागेको केहीबेरमै पसल जलेर खरानी भइसकेको थियो।
तर दुई-तीन घण्टासम्म पनि त्यहाँ दमकल पुग्नै सकेको थिएन। किनकि जिल्लाको आधा भूभाग ओगटेको पश्चिम क्षेत्रमा कहिँकतै पनि दमकल छैन। पश्चिम नेपालमा तुलसीपुर उप महानगरपालिकादेखि तीनवटा गाउँपालिका छन्। तर यी कुनै पनि पालिकासँग दमकल छैन।
तुलसीपुर उपमहानगरपालिकामा रहेको एउटा दमकल गत वर्ष भदौ २३ र २४ को जेनजी आन्दालनका क्रममा आन्दोलनकारीले जलाइदिएका थिए। त्यसपछि पालिकाले बजेट अभाव देखाउँदै नयाँ दमकल खरिद गर्न सकेको छैन।
पश्चिम दाङको बबई गाउँपालिका–५ हापुरे बजारमा खिमबहादुर सोमैले सञ्चालन गरेको गौरी शृंगार पसलमा बुधबार बेलुकी ८ बजेतिर आगलागी भएको थियो। विद्युत् सर्ट भएर आगो लागेको सञ्चालकहरूले अनुमान गरेका छन्। आगलागी भएपछि त्यहाँ तुरन्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले पनि आगो निभाउन प्रयास गरे। बाल्टीमा पानी भरेर निभाउँदा निभाउँदै दन्किरहेको आगोले केहीबेरमै पसल सबै खरानी बनाइसकेको थियो।
वरिपरि कतै पनि दमकल नभएपछि गाउँपालिकाको एउटा ट्याङ्करमा पानी भरेर त्यहाँ पुर्याइएको थियो। तर त्यसबाट पनि सम्भव भएन। त्यत्तिञ्जेल घोराही उपमहानगर पालिकालाई अनुरोध गरेर दमकल मागिएको थियो। लगभग ४६ किलोमिटरको दूरीमा रहेको ठाउँबाट दमकल आउन निकै ढिला भयो। त्यसमा पनि घोराही-तुलसीपुर सडकखण्ड विस्तार हुने क्रममा छ र लगभग २४ किलोमिटर उक्त सडक पूरै भत्काइएको छ। त्यसकारण पनि दमकल समयमा पुग्न सकेन।
राति साढे दशबजेतिर त्यहाँ दमकल पुग्दा पूरै घर खरानी बनाएर आगो निभिसकेको थियो। करिब दुई घण्टाको प्रयासपछि स्थानीयवासी र सुरक्षाकर्मीले आगो त निभाए तर केही बाँकी बचेको थिएन।
दमकलको अभावमा स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बाल्टिनमा पानी बोकेर आगो निभाउने प्रयास गरेका थिए । आगलागी भएको स्थानमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुली सहितको टोली खटिएको थियो । तर ठूलो आगोको अगाडि उनीहरुको प्रयास सफल हुन सकेन।
तुलसीपुर उपमहानगरपालिकासहित पश्चिम दाङका चारवटा पालिकामा हाल एउटा पनि दमकल सञ्चालनयोग्य नहुँदा आगलागी जस्ता घटनामा ठूलो क्षति व्यहोर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्।
यसअघि तुलसीपुर उपमहानगरपालिकासँग रहेको एउटा दमकलमा २०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी भएको थियो । हालसम्म पनि तुलसीपुर उपमहानगरपालिकाले नयाँ दमकल खरिद गर्न सकेको छैन।
त्यसैले आगलागी भएमा हापुरेभन्दा झन्डै ४६ किलोमिटर र तुलसीपुरबाट करिब २० किलोमिटर टाढा पर्ने घोराहीबाट दमकल बोलाउनुपर्ने बाध्यता छ।
‘लगभग आधा दाङ त तुलसीपुर पश्चिम नै छ। यहाँ चारचारवटा पालिकाहरू छन् तर एउटा पनि दमकल छैन’ स्थानीय ब्यापारी ज्ञानप्रसाद आइतबारे भन्छन् ‘कहिलेकाहिँ बैठकहरूमा कुरा उठ्छ। अनि फेरि त्यो त्यत्तिकै हुन्छ। हामीले पालिकाहरूलाई पनि भनिरहेका छौं। यत्रो क्षेत्रका लागि बिपदमा चाहिने केही पनि साधन नै छैन।’
कर्णालीका हिमाली जिल्लाहरूमा हुनसक्छ भारी हिमपात, लुम्बिनी र सुदूरतिर वर्षाको चेतावनी
भएकाे एउटा दमकल जेनजीले जलाइदिए, अहिले घर-पसल जलिरहँदा पश्चिम दाङ चारै पालिकामा छैन दमकल
बाँकेका खेतमा सुगन्ध फैलाउँदै ‘कालानमक’
नागरिकताको प्रतिलिपि लिन अब आफ्नै जिल्ला धाउनुपर्दैन
‘अरनब’ आँधीको प्रभाव : लुम्बिनीका सात जिल्लामा ‘अति जोखिम’
अम्बिकाले दिइन् लुम्बिनीका सभामुखसहित पाँच जनालाई जालसाजी र कीर्ते मुद्दा