बाँकेमा बढ्यो चुनावी सरगर्मी, टिकटका लागि ‘गठबन्धन बाधक’


बाँकेमा बढ्यो चुनावी सरगर्मी, टिकटका लागि ‘गठबन्धन बाधक’

नेपालगन्ज २२ साउन : आसन्न मङ्सिर ४ मा निर्वाचन घोषणा भएसँगै उम्मेदवारको चर्चा सुरु भएको छ । उम्मेदवारका आकाक्षींले टिकटको लबिङदेखि निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रमलाई तीव्रता दिएका छन् ।

प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन मिति घोषणा भएसँगै भावी उम्मेदवारबारे बाँकेमा चर्चा सुरु हुन थालेको हो । बाँकेको क्षेत्र १, २ र ३ मा दलहरुका तर्फबाट र स्वतन्त्रबाट कस्ता उम्मेदवार मैदानमा आउँलान् ? भन्नेबारे आम रुपमा चासो बढ्न थालेकोछ ।

बाँके क्षेत्र नम्बर–२ पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्वसभापति सुशील कोईराला चुनाव लड्दै आएको क्षेत्र हो । उक्त क्षेत्रमा जुन सुकै दलले अगाडी सार्ने उम्मेदवारका विषयमा बढी चासो हुन्छ ।

२०७४ सालको प्रतिनिधी सभा निर्वाचनमा उक्त क्षेत्रमा नेपाली काँग्रेससँग चुनावी तालमेल गरेर राप्रपाका उम्मेदवार चुनाव लडेका थिए । चुनावी तालमेल गर्दा उक्त क्षेत्र राप्रपाको भागमा परेको थियो । राप्रपाले नेता ओमप्रकाश आजादलाई संसदको उम्मेदवार बनाएको थियो, तत्कालिन बामगठबन्धन (एमाले र माओवादी)का तर्फबाट नेता पशुपतिदयाल मिश्र सूर्य चिन्ह लिएर चुनाव लडेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

यद्यपी उनले त्यतिबेला स्वतन्त्रको हैसियतमा सूर्य चिन्ह लिएर चुनाव लडेको प्रष्ट्याएका थिए । यसैगरी तत्कालिन संघीय समाजवादी पार्टीका तर्फबाट मोहम्मद ईस्तियाक राई प्रतिनिधी सभाको निर्वाचन लडेका थिए । राईले दुबै गठबन्धनका उम्मेदवारलाई एक्लैले पराजित गर्न सफल भए ।

२०७४ सालको भन्दा अहिले राजनीतिक परिस्थितीमा फेरबदल भइसकेको छ । चुनावमा बाम गठबन्धन गरेर पार्टी एकता समेत गरेका माओवादी र एमाले अलग भइसकेका छन् ।

आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी(जसपा), नेकपा (एकिकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल गर्ने सहमती भइसकेको छ ।

पाँच दलिय गठबन्धन हुने निश्चित भएपछि बाँकेको क्षेत्र नम्बर १, २ र ३ मा उम्मेदवारका विषयमा विभिन्न चासो र अड्कलबाजी सुरु हुन थालेको हो ।

जिल्लाको क्षेत्र नम्बर १ बाट २०७४ सालको निर्वाचनमा तत्कालिन बाम गठबन्धनका तर्फबाट सांसदमा निर्वाचित भएका माओवादीका नेता महेश्वरजंग गहतराज ‘अथक’ अहिले बहालवाला खेलकुद मन्त्रीको जिम्मेवारीमा छन् ।
यस्तै क्षेत्र नम्बर– २ बाट सोही निर्वाचनमा सांसद बनेका राई पनि बहालवाला भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारीमा छन् । क्षेत्र नम्बर– ३ बाट बामगठबन्धनका तर्फबाट एमाले बाँकेका पुर्वजिल्ला अध्यक्ष नन्दलाल रोकाय सांसदमा निर्वाचित भएका थिए । उनी अहिले पनि सांसदको भुमिकामै छन् ।

केन्द्रिय स्तरमा सत्तारुढ पाँच दलबीच सहमती भइसकेपनि जिल्लामा भने यो गठबन्धन पासोका रुपमा रहेको देखिएको छ । विशेषगरी नेपाली काँग्रेसका जिल्ला स्तरका नेता, कार्यकर्ताहरु गठबन्धन गर्नुपर्ने पक्षमा देखिदैनन् । उनीहरु अधिकांशले गठबन्धन गर्नै परेको खण्डमा नेपाली काँग्रेसको अस्तित्व मेट्ने गरी गर्न नहुने सुझाव दिइरहेका छन् ।

नेपाली काँग्रेसका नेता, कार्यकर्ताहरु यतिबेला सामाजिक सञ्जालमा यसबारे आक्रोश पोखिरहेका छन् । सत्तारुढ दल बाहेक एमाले र राप्रपाले पनि कुन–कुन क्षेत्रमा क–कस्लाई उम्मेदवार बनाउँछन् भन्नेमा आम रुपमा चासो देखिएको छ ।

बाँकेमा कुल ८ वटा स्थानीय तह रहेका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यि मध्ये नेपाली काँग्रेसले कोहलपुर नगरपालिका तथा राप्तीसोनारी, डुडुवा, जानकी र बैजनाथ गाउँपालिकामा प्रमुख र उपप्रमुख दुबै पद जितेको छ । यस्तै नेपालगन्जमा काँग्रेसले प्रमुख र जसपाले उपप्रमुख जितेको छ । खजुरा गाउँपालिकामा प्रमुखमा माओवादी केन्द्र तथा उपप्रमुखमा काँग्रेसले जितेको छ, भने नरैनापुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पद जसपाले जितेको छ ।

यस्तै जिल्ला समन्वय समिति बाँकेको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसले जितेकोछ । काँग्रेसका ज्ञानेन्द्रकुमार चौधरी प्रमुख र उपप्रमुखमा सीता कार्की निर्वाचित भएका हुन् ।

समन्वय समितिको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने ब्यवस्था छ । उक्त निर्वाचनका लागि कुल १६ जना मतदाता थिए । यि मध्ये १२ जना मतदाता नेपाली काँग्रेसका थिए ।

थप समाचार

बाँकेका स्थानीय तहमा कुन दलको कस्तो अवस्था ?

महानगर र उपमहानगरमा एमालेका ‘आयातित’ उम्मेदवारको कन्तविजोग !

बाँकेमा ५ पालिका प्रमुख र उपप्रमुख जित्दै काँग्रेस बन्यो पहिलो दल

बाँकेका कुन वडामा कसले जिते ? (विस्तृत)