‘बुह्वान’ उपन्यास विमोचन


‘बुह्वान’ उपन्यास विमोचन

कोहलपुर २८ साउन : साहित्यकार महानन्द ढकालको पहिलो उपन्यास बुह्रानको बिमोचन गरिएकोछ । ‘स्रस्टा र सिर्जनाको सम्मान हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ शनिबार कोहलपुरमा आयोजित एक कार्यक्रमकाबिच कथाकार तथा प्राज्ञ सनत रेग्मीले उक्त उपन्यासको बिमोचन गरेका हुन् ।

कृति बिमोचन समारोहमै ‘तुलसीराम स्मृति पुरस्कार’बाट साहित्यकार डाक्टर इन्द्र भण्डारीलाइ सम्मान गरिएकोछ । स्वर्गीय तुलसीराम ढकालको स्मृतीमा राखिएको अक्षयकोषबाट सात हजार सात सय सतहत्तर रुपैयाँ नगद र कदर पत्र साहित्यकार भण्डारीलाई प्राज्ञ सनत रेग्मी र अक्षयकोषका संरक्षक पबित्रा ढकालले संयुक्त रुपमा बितरण गरे ।

सुमित्रा न्यौपानेको स्वागत मन्तब्यसंगै कृतिकारको परिचय तथा उनको परिचर्चा सागर गैरेले गरेका थिए । भेरी साहित्य समाजका अध्यक्ष हरि प्रसाद तिमिल्सिनाले लेखक तथा सम्मानित स्रस्टाहरुलाइ शुभकामना ब्यक्त्त गरेको कार्यक्रममा अबधि साहित्यकार बिष्णुलाल कुमाल, कोहलपुर नगरपालिकाका नगरप्रमुख पुर्णप्रसाद आचार्य, उपप्रमुख संगिता सुबेदी लगाएत दर्जन बढि साहित्यकार तथा अतिथीले बुह्रानबारे चर्चा गरेका थिए ।

साहित्यकार महानन्द ढकालले आफ्नो छैठौं साहित्यिक कृतिका रुपमा बुह्रान उपन्यासलाई बजारमा ल्याएका हुन् । थारू संस्कार र संस्कृतिसङ्ग नजिकको सम्बन्ध राख्ने बुह्रान उपन्यासको आवरण देवेन्द्र थुम्केलीले बनाएका हुन् । बुह्रान क्षेत्रमा बस्ने गरीव थारू तथा पहाडी समुदायको आपसी सम्बन्ध तथा सहकार्यलाई मुख्य विषयवस्तु बनाएर लेखिएको उपन्यासलाई साङ्ग्रिला बुक्सले बजारमा ल्याएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

तीन दशक लामो समयदेखि साहित्य साधानामा क्रियाशील ढकालले पछिल्लो पटक तराई क्षेत्र विशेषगरी बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका पछाडी पारिएका गरिव थारू तथा पहाडी समुदायको अन्तर सम्बन्धलाई विषयबस्तु बनाइएको बुह्रान यस अघि नै बजारमा गईसकेको भएपनि आधिकारीक रुपमा शनिबार बिमोचन गरिएको हो ।

पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको दश वर्ष नेतृत्व गरेका ढकाल परिचित तथा अब्बल साहित्यकारमा गनिन्छन् । वरिष्ठहरूलाई सम्मान र नव सर्जकहरूलाई उत्प्रेरित गर्दै आएका ढकालका यसअघि प्रकाशित भएका अधिकाशं रचनाहरू राष्ट्रिय भावनाले ओतप्रोत भएको पाइन्छ ।

बुह्रान बिमोचनसँगै बुह्रानको विषयवस्तु र परिवेशले धेरैको मनमा उत्पन्न गरेको जिज्ञासा चिरेको छ । गैर थारूले थारू संस्कार र संस्कृतिसङ्ग नजिकको सम्बन्ध राख्ने बुह्रानको विषयवस्तु जोडिएको यस उपन्यासलाई बिमोचनका अवसरमा रु ५ सय मूल्य तोकिएको थियो ।

यसको चर्चा परीचर्चाकै क्रममा बुह्रान उपन्यास जातीय समानता र सहकार्यको कथा भएको पाइएको छ । जहाँ गरिव थारूहरूको सपनाले यात्रा गरेको छ । गास, बास र कपासका लागि थारूहरूको रोजाइमा परेको बुह्रानको कथा हिमालकी निङ्माले पहाडकी पार्वती र तराईका माईला थारूलाई प्रमुख पात्र बनाएर रसस्वादन गराउने मुख्य ध्यय रहेको छ । थारू संस्कार र संस्कृतिको अध्ययनलाई प्राथमिकतामा राखेर लेखिएको यो उपन्यासमा थारूहरूको जीवनचर्या र सामाजिक उपस्थितिको मुल्याङ्कन गरिएको छ ।

बसाईसराईका बाध्यता एवम् थारू समुदायमा लामो समयसम्म प्रचलित कमैया तथा कमलहरी प्रथाबाट र्सिजित अवस्थालाई समेटिएको यस उपन्यासमा जातीय समानताका लागि अन्तरजातीय विवाह महत्वपुर्ण हुन सक्ने कुरा औंल्याउन खोजिएको छ ।

समान आर्थिक हैसियत भएका फरक समुदायका पार्वती र माईला मध्ये पार्वतीको जीवनस्तरमा परिर्वतन आउँदा माईलाको जीवनस्तरमा परिर्वतन नआउनुका कारणहरूको खोजी गरिएको यस उपन्यासमा थारू जाती र उनीहरूले ज्यानको बाजी लगाएर गरिएका कन्द्रा आन्दोलन, कमैया, कमलहरी, थरूहट र भूमिगत आन्दोलन आदिबाट प्राप्त उपलब्धिहरूको लेखाजोखा गरिएको कुरा बिमोचन समारोहमा चर्चाका बिषय बस्तु रहेका थिए ।

विभिन्न साहित्यिक विधाहरूमा महानन्दले निरन्तर कलम चलाउँदै आएकाछन् । साहित्यलाई संस्थागत रुपमा विकसित तुुल्याउन ढकालले गरेको योगदानलाई महत्वपुर्ण आँकलन गर्न सकिन्छ ।

कविता लेखनबाट साहित्यमा प्रवेश गरेका ढकालका ‘खण्डित आत्मा’ गजल सङ्ग्रह २०५८, ‘उस्तैउस्तै नदीका उस्तैउस्तै छालहरू’ गजल सङ्ग्रह २०५९, ‘अव्यक्त प्रत्याशा’ गजल सङ्ग्रह २०६३, ‘घाम उदाए’ हाइकु सङ्ग्रह २०६८ र सीमाना मुक्तक सङ्ग्रह २०७७ यसअघि नै प्रकाशित गरिसकेका ढकालको आख्यानको क्षेत्रमा ‘बुह्रान’ पहिलो उपन्यास हो ।

हाम्रो पुर्णिमा साहित्यिक प्रतिष्ठानका अध्यक्ष कपील अन्जानको सभापतित्वमा सम्पन्न विमोचन तथा तुलसीराम पुरस्कार वितरण समारोहमा दाङ, सुर्खेत, बर्दियाका ३ सय बढि सायित्यिक स्रष्टा उपस्थित कार्यक्रमको सञ्चालन प्रतिष्ठनका सचिब पुष्कर रिजालले गरेका थिए ।