नेपालगन्ज ४ भदौ : बासले आफ्नो १९ औं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न गरेको छ । साधारण सभाबाट बास नेपाल नेपालगन्जले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगति तथा आर्थिक प्रतिबेदन पारित गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यता तथा केन्द्रिय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा उक्त साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगति प्रतिबेदन बास नेपालका केन्द्रिय उपाध्यक्ष शिबकुमार बर्माले प्रस्तुत गरेका थिए । भने आर्थिक प्रतिबेदन बास नेपालका केन्द्रिय कोषाध्यक्ष लुना बुढाथोकीले प्रस्तुत गरेकी थिइन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले बास नेपालले भ्रष्टाचार बिरुद्ध पु¥याएको योगदानको कदर गरे । उनले बाससँग उपमहानगरपालिकाले नियमित सहकार्य गर्दै आएको उल्लेख गर्दै सहकार्य निरन्तर हुने बताए ।
कार्यक्रममा बासको साधारण सदस्य हुँदै बिगतका बास मातहतका बिभिन्न उपशाखाहरुमा कार्यरत रहि हाल खजुरा गाउँपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित मैसरि पुन र खजुरा गाउँपालिका वडा नम्वर–२ का सदस्य सिता बिकलाई सम्मान गरिएको थियो ।
साधारण सभाले प्रगति, आर्थिक प्रतिबेदन अनुमोदन गर्नुका साथै आब २०७९/ २०८० को कार्यक्रम, बजेट स्विकृत गरेको छ । कार्यक्रममा बासका उपाध्यक्ष शिब कुमार बर्माले बासका पूर्ब केन्द्रीय सदस्य रुक्मिणी शाहको स्मृतीमा स्थापित बास रुक्मिणी स्मृती अक्षय कोषका लागि ५ हजार नगद प्रदान गरेका थिए ।
कार्यक्रममा गैसस महासंघ नेपाल बाँकेका उपाध्यक्ष चन्द्रप्रसाद तिमिल्सिना, सभ्य समाज नेपालका अध्यक्ष सुर्यलाल यादव, सूचना तथा मानव अधिकार अनुसन्धान केन्द्रका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट, नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव चिरिञ्जिवी ओली, बासका कानूनी सल्लाहकार अधिबक्ता लोकबहादुर शाह, खजुरा गाउँपालिकाका कार्यपालिका सदस्य मैसरी पुन, खजुरा गाउँपालिका वडा नम्वर–२ का सदस्य सिता बिक, कलाकार कमल बिके ‘निर्माेही’ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
बासका केन्द्रिय सचिब दिला शाहले सञ्चालन गरेको कार्यक्रममा स्वागत बासका निर्वतमान अध्यक्ष रमेश सिटौलाले गरेका थिए । भने धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बासका केन्द्रिय अध्यक्ष लुना बुढाथोकीले गरेकि थिईन् ।
कार्यक्रमका बिच बास नेपालले सक्रिय सदस्यता प्राप्त गरेका सदस्यहरुलाई सक्रिय सदस्यताको प्रमाणपत्र बितरण गरेको छ । भने साउन २५ गतेदेखि भाद्र ३ गतेसम्म सञ्चालित उद्घोषण तालिमका सहभागिहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो । यसैगरी बासका कर्मचारीहरुलाई प्रशंसा पत्र बितरण गरिएको थियो ।