काठमाडौं। नेपालगन्ज रोड (रुपैडिहा)बाट बराणशी ९बनारस०, अयोध्या र गोरखपुरका लागि रेल सेवा आरम्भ भएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालगन्ज रोड–वाराणसी सिटी विशेष रेललाई हरियो झण्डा देखाएर सेवा सुरु गरेको घोषणा गरेका थिए।
नेपाल(भारत सीमा क्षेत्र छुनेगरी बहराइच–नानपारा–नेपालगन्ज रोड रेलखण्डमा ब्रडगेज तथा विद्युतीकृत रेल सेवा सुरु भएपछि अब वाराणसी, गोरखपुर, गोण्डा र बहराइचलगायतका स्थानसम्म सिधा पहुँच सहज भएको छ। यो विस्तारित रेल सेवाको उद्घाटनमा भारतका केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णव भर्चुअल माध्यमबाट सामेल भएका थिए।
नेपालसमेत जोडिएको यो रेल सेवा सयौं वर्षको इतिहास छ। १३७ वर्षअघि नै यो रुटमा रेल चल्दै आएको थियो। बीचमा केही समय अवरुद्ध भएको यो रेल सेवालाई भारतले पुनस् विस्तार र आधुनिकीकरण गर्दै सञ्चालनमा ल्याएको हो।
यो सेवा सञ्चालनसँगै बाँके, बर्दिया र दाङलगायत क्षेत्रका व्यवसायीहरूमा थप उत्साह देखिएको छ। नेपालगन्ज क्षेत्रका ब्यवसायीहरूले लामो समयदेखि यो रेल सेवा सञ्चालनको माग गर्दै आएका थिए।
भारतीय रेल विभागले सार्वजनिक गरेको विवरण अनुसार १५१३२ वाराणसी सिटी–नेपालगन्ज रोड एक्सप्रेस र १५१३१ नेपालगन्ज रोड–वाराणसी सिटी एक्सप्रेस नियमित सञ्चालनमा आउने छन्।
‘जब हाम्रो सम्पर्क, सम्बन्ध र सञ्जाल ९कनेक्टिभिटी० राम्रो हुन्छ, त्यसले हामीलाई गति दिन्छ र जब गति सकारात्मक दिशामा आफ्नो गन्तव्यतर्फ अघि बढ्छ, तब त्यही नै प्रगतिको आधार बन्छ। यसै आधारलाई अझ सशक्त बनाउँदै आज बहराइच जिल्लामा नेपालगन्ज रोड(नानपारा(बहराइच रेल खण्ड तथा यस खण्डमा रेल सेवाको शुभारम्भ भएको छ’ मुख्यमन्त्री आदित्यनाथले भनेका छन् ‘यो रेल सेवाको इतिहासमा हाम्रो छिमेकी देश नेपाल पनि जोडिएको छ। जहाँ हाम्रो ऐतिहासिक सम्बन्धका कैयौं धरोहरहरू छन्।’
सरकारी गोदाम र रास्वपा कार्यालयमै थुप्रियो राहत, पीडितलाई गाँस न बास
एनप्याब्सन बाँकेमा नयाँ नेतृत्व
१ सय ३७ वर्षकाे इतिहास: रेलसँग जोडियो नेपालगञ्ज-बनारस, अयोध्या र गोरखपुर
भासियो काठमाडौंको ‘मूलबाटो’, चारैतिरबाट सडक ‘नाकाबन्दी’
नेपालकाे दु:खमा भारतकाे यस्ताे सन्देश
चीनले उद्धार सक्यो, निर्माणको काम पनि धमाधम