नेपालगन्जको ‘काव्यगन्ज’ मा गुञ्जिए कवि डाक्टर निरज


नेपालगन्जको ‘काव्यगन्ज’ मा गुञ्जिए कवि डाक्टर निरज

नेपालगन्ज २५ भदौ : नेपालगन्जमा कवि डाक्टर निरज भट्टराईको एकल कविता तथा गजल वाचन गरिएकोछ । मध्यपश्चिम स्रष्टा समाजले आयोजना गर्दै आएको कविता वाचनको कार्यक्रम ‘काव्यगन्ज’मा कवि डाक्टर भट्टराईले आफ्ना चुनिएका कविता र गजल वाचन गरे ।

कवि डाक्टर भट्टराईले आफ्ना रचना वाचन गर्दा खचाखच भरिएको सभा गुञ्जयमान भएको थियो । भने साहित्य विद्यामा चासो राख्ने श्रोताले कवि डाक्टर भट्टराईको रचना सुनेर मन्त्रमुग्ध भएका थिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, प्रज्ञा सनत रेग्मीसहित चिकित्सक, उद्योगी, व्यवसायी, शिक्षक, विद्यार्थी एवं साहित्यकारहरुको बाक्लो उपस्थितिमा कवि भट्टराईका कविता र गजल वाचन गरिएको हो ।

नेपालगन्जमा साहित्यिक कार्यक्रममा यति बृहत सहभागिता भएको दुर्लभ घटना भएको कार्यक्रममा सहभागी लेखक एवं राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरले बताए । उनले निरजका शक्तिशाली कविता नेपालगन्जका सबै तप्काले एकैपटक सुन्न पाउनु आफैमा खुसीको कुरा भएको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

डाक्टर निरजका कविता सुनिसकेपछि सहभागीहरुले फरक स्वादका कविता सुन्न पाइएको प्रतिक्रिया दिएका थिए । कतिपय सहभागीहरुले वाचनमा निरजका गजलहरुले बढी प्रभावित पारेको बताए ।

डाक्टर निरजका कवितामाथि समीक्षक राजकुमार बानियाँ र गजलमाथि खगेन्द्र गिरि ‘कोपिला’ले टिप्पणी गरेका थिए । बानियाँले निरजको धुवाँको धागो कविता संग्रह पहिलो र एकमात्र कविता संग्रह भएपनि त्यसले उनलाई दिइरहेको पहिचान उल्लेखनीय रहेको बताए ।

‘कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन’ डाक्टर निरजमा कविता सृजनाको पनि विशिष्ट प्रतिभा रहेको उनले बताए । उनले डाक्टर निरज कुण्ठाभन्दा माथि हुनेर आत्मानूभूतिका कविता लेख्ने कविको रुपमा रहेका बताए ।

गजलमाथि टिप्पणी गर्दै समीक्षक खगेन्द्र गिरी कककोपिला’ले डा. भट्टराईको ककतलाश’ गजल संग्रह नेपाली मानक गजल संग्रह रहेको बताउँदै धेरै गजलकारहरुले उनको शैली पछ्याएको दाबी गरे ।

मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष शुक्रऋषि चौलागाईंले समाजले आगामी दिनहरुमा थप व्यवस्थित साहित्यक कार्यक्रमहरु गर्ने योजना रहेको बताएका छन् । कककाव्यगन्ज’ हरेक चार महिनामा एक पटक आयोजना गर्ने गरि तय गरिएको कार्यक्रम रहेको उनले बताए । यसलाई अब क्रम नटुट्ने गरी निरन्तरता दिइने उनले बताएका छन् ।