बोर्डर आउट पोष्टमा बृक्षारेपण


बोर्डर आउट पोष्टमा बृक्षारेपण

नेपालगन्ज : शसस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोस्ट कालाबन्जार बाँकेमा बिहिवार बिहान बृक्षारोपण गरिएको छ । डिभिजन बन कार्यालयको आर्थिक र प्राबिधिक सहयोगमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ स्थित शसस्त्रको बोर्डर आउट पोस्टमा बृक्षारोपण गरिएको डिभिजन बन अधिकृत मोहन श्रेष्ठले बताए ।

डिभिजन वन कार्यालय बाँकेले प्रदान गरेको बकाइनो, मसला, जामुन, अमला, सागवन, गुलमोहर, निम, सितलचिनी लगाएतका प्रजातिका ३ हजार १ सय बिरुवाहरुलाई शसस्त्र प्रहरीको कार्यालय परिसर भित्र १.११ हेक्टर क्षेत्रफलको खाली जग्गामा रोपिने शसस्त्र प्रहरी बल नेपाल, नम्बर ३० गण हेड क्वाटर,
बागेश्वरी बाँकेका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहले बताए ।

बृक्षारोपण कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, शसस्त्र प्रहरी बल नेपाल, नम्बर ३० गण हेड क्वाटर, बागेश्वरी बाँकेका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक शाह, डिभिजन बन अधिकृत मोहन श्रेष्ठ, सहायक बन अधिकृत रमेश बुढाथोकी, कोलेनिका बाँकेका प्रमुख कोष नियन्त्रक
रामचन्द्र शर्मा लगायतका सहभागीता थियो ।

यसैबीच, सामाजिक सञ्जाल फेसबुकमा चर्चित ग्रुप नेपालगन्ज ग्यालरीले १० औं स्थापना दिवसका अवसरमा बृक्षारोपन गरेकोछ । ग्रुप स्थापनाको १० वर्ष पुरागरेको अवसरमा नेपालगन्ज स्थित रानीतलाउ परिसरमा बृक्षारोपन गरिएकोहो ।

विभिन्न जातका १० वटा विरुवा रानीतलाउमा रोपेको नेपालगन्ज ग्यालरीका रचनाकार तथा एडमीन समिरमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार रानी तलाउमा गरिएको बृक्षारोपनमा निम, जामुन, कोइरालो, शितलचिनी र अमलाका १० वटा विरुवा रोपिएको हो ।

यस्तै ग्यालरीको १० स्थापना दिवसका अवसरमा सवैलाई धन्यबाद र बधाई दिदै एडमीन श्रेष्ठले आगामी दिनमा पनि समाजसेवाको काम गर्दै जाने बताए । हाल सो ग्रुपमा ८५ हजार बढि सदस्य आवद्ध छन् । ग्यालरीले समयसापेक्ष विभिन्न सामाजिक अभियान तथा कार्यक्रमहरु गर्नुका साथै सामाजिक सवाल, मुद्दा र समस्याको उठान गर्दै सम्बन्धित निकायलाई झकझाकाउने देखि क्षमता प्रस्फुटनसगैं मानविय कार्य गर्दै आएको छ ।