प्रधानमन्त्रीले माफी मागे


प्रधानमन्त्रीले माफी मागे

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले माफी मागेका छन् । विषादी प्रकरणमा आफूलाई झुक्याइएको भन्दै उनले माफी मागेका हुन् ।

बिहीबार काठमाण्डौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतबाट आएको पत्रबारे आफुलाई झुक्याइएको बताउदैं भने–‘म लज्जित हुनुर्यो, क्षमाप्रार्थी छु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएको पत्र गोप्य राख्दा आफू लज्जित हुनुपर्ने अवस्था आएको भन्दै उनले यसबारे खोजबिन भइरहेको बताए ।

‘भारतबाट पात्र आएको रहेछ, तर, मैले आएको छैन भनेर सार्वजनिक रुपमा बोलेँ,’ उनले भने, ‘विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र मलाई जानकारी नदिनुले म लज्जित हुनुर्पयो । यसप्रति म क्षमाप्रार्थी छु ।’

आफूलाई झुक्याएको विषय सामान्य लापरवाही हो वा जानीबुझी हो भन्ने बुझ्ने काम भइरहेको उनले बताए । नेपालीको भान्सामा विषादी पाक्न हुँदैन, शुद्ध खाना हुनुपर्छ भन्ने सरकारको उद्देश्य भएको भन्दै प्रधानमन्त्री ओलीले सरकारविरुद्ध चलाएको मिसन पूरा हुन नदिने बताए ।