नेपालगन्ज : बाँके राष्ट्रिय निकुञ्जले शनिवार बिभिन्न कार्यक्रमको आयोजना गरी स्थापना दिवश मनाएको छ ।
स्थापना दिवशको अवसरमा बृक्षारोपण, शैक्षिक सामाग्री वितरण र साईकल दौड जस्ता कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मी, श्रीमेहर गणका गणपति बासुदेव धिमाल, सहायक संरक्षण अधिकृत पुरुषोत्तम शर्मा, मध्यवर्ती संरक्षण समितिका गेहेन्द्र कुमार खड्का, साईक्लिङ् क्लवका शतिश निरौला लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन कृष्ण चौधरीले गरेका थिए ।