तीनदिनमा २६ जना बेपत्ता, एक हजार ४ सय ४४ जनाको सकुशल उद्धार
नेपालगन्ज: बिहीबारदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशभरका विभिन्न स्थानमा ६० जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीका अनुसार दिउँसो साढे चार बजेसम्मको विवरणअनुसार देशभर ३६ पुरुष र २४ महिला गरी ६० जनाको मृत्यु भएको हो भने ३८ जना घाइते भएका छन् ।
जसमा २१ जना पुरुष र १७ जना महिला रहेका छन् ।
बाढी र पहिरोमा परेर तीनदिनमा २६ जना बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । १४ जना पुरुष र १२ जना महिला बेपत्ता भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाढी र पहिरोको विपत्तिमा परेका एक हजार ४ सय ४४ जनाको सकुशल उद्धार गरिएको छ ।