नेपालगन्ज : साउनबाट लागू हुने कर नीतिको विरोध गर्दै नेपालगन्जका उद्योगी, व्यवसायी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आन्दोलनको पहिलो चरण अन्र्तगत आइतबार सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।
व्यवसायीले जिल्ला प्रशासन कार्यालय बाँके र आन्तरिक राजश्व कार्यालय मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएकका हुन् । नेपालगन्न उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले सरकारको ध्यानार्कषण गराउँदै कर प्रणाली अव्यवहारिक र अवैज्ञानिक भएकाले सच्याउनुपर्ने बताए ।
उक्त कर प्रणाली लागू भए उद्योग, व्यवसाय धरासायी हुने बैश्य बताउँछन् । अध्यक्ष बैश्यले आफना माग पुरा नभए आगामी दिनमा चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।