बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ६५ पुग्यो

आज देशभरी मनसुनी गतिविधि सक्रिय हुने


बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ६५ पुग्यो

नेपालगन्ज: पाँच दिनदेखिको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म देशभर ६५ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सोमबार बिहान ७ बजेसम्म बाढी र पहिरोमा परेर ६५ जनाले ज्यान गुमाएका हुन् ।

मृत्यु हुनेहरुमा २४ महिला र ४१ पुरूषको मृत्यु भएको हो । जसमा महिला भन्दा पुरुषको संख्या बढी छ ।

यस्तै बाढीपहिरोमा परी १७ महिला र २१ पुरुष गरी ३८ जना घाइते छन् । १८ पुरुष र १२ महिला गरी ३० जना हालसम्म बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयको रेकर्डले जनाएको छ ।

अविरल वर्षापछि आएको बाढी र पहिरोमा देशभरबाट एक हजार ४ सय ४६ जनाको सकुशल उद्धार गरिएको प्रहरीको भनाइ छ । बाढी पहिरो र डुबानका कारण विशेषगरी तराई मधेसको जनजीवन अत्याधिक प्रभावित भएको थियो ।

यतिखेर बाढी र पहिरोले ग्रसित तराईका विभिन्न क्षेत्रमा पानिको सतह कम भइरहेता पनि केही स्थानमा भने डुवानको अवस्था कायमै रहेकोछ । बाढी, पहिरो र डुवानबाट पीडितहरुलाई गाँस, बास र कपासको चिन्ताले सताउन थालेकोछ । पीडितहरुका लागि सरकारले समयमै राहत तथा खाद्यन्नको व्यवस्था नगर्दा उनीहरुको जीवन कष्टकर बन्दै गएको हो ।

यस्तै बाढी पीडित क्षेत्रमा स्वास्थ्य समस्या देखिने भन्दै सरकारले सम्बन्धित सवैलाई सर्तक रहन र स्वच्छ पानी पीउन आग्रह गरेकोछ ।

यता जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन न्युनचापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेको र त्यसका कारण मनसुनी गतिविधि आज देशभरी सक्रिय अवस्थामा रहेको जनाएको छ । आज पनि पानि पर्ने हुँदा हुन सक्ने सम्भावित जोखिम र दुर्घटनाबाट बच्न महाशाखाले आग्रह गरेकोछ ।

बाढीबाट भएको मानवीय क्षतीको विस्तृत विवरण