नेपालगन्ज : दुवै मृगौला फेल भएर उपचारको क्रममा रहेका हेमन्त सिहं ठकुरीको निधन भएकोछ । २७ वर्षिय हेमन्तको शुक्रबार विहान आफ्नै निवासमा निधन भएको हो ।
५ महिनादेखि मृगौला पीडित हेमन्तको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको थियो ।
उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्य अवस्था एकदमै गम्भीर बन्दै गएपछि उपचार सम्भव नभएको भन्दै सोमबार घर लैजान सुझाव दिएका थिए । सल्यान स्थित आफ्नो घर पुगेको चौथो दिनमा उनको निधन भएको हो ।
हेमन्तको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सुरवाती दिनमा कठिनाई आएको थियो । पछि मृगौला पीडित ठकुरीलाई बचाउनका लागी विभिन्न सहयोगका कार्यक्रम गरेर केही रकम संकलन गरिएपनि उपचार सम्भव भएन ।
यसैबीच उनको सम्झनामा नेपालगन्जको वागेश्वरी मन्दिर प्राङ्गणमा दीप प्रज्वलन गरिएकोछ । हेमन्त बचाउ अभियानका अभियान्ता खगेन्द्र दाहालका अनुसार निधन भएका हेमन्तलाई श्रद्धाञ्जली दिन दीप प्रज्वलन गरिएको बताए ।