नेपलागन्ज:आरक्षण बचाउ आन्दोलनमा उत्रेको प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुत्ला जलाएकाछन् ।
शुक्रबार काठमाण्डौं सहिद गेटबाट सुरु भएको प्रदर्शनकारीमा संलग्न भएकाहरुले प्रधानमन्त्री ओली र प्रशासन मन्त्री पण्डितको पुत्ला जलाएकाहुन् ।
स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले लिएको परीक्षाविरुद्ध आरक्षण बचाउ आन्दोलनले विरोध प्रदर्शनका क्रममा पुत्ला जाउदाँ प्रहरीले बल प्रयोग गरेको थियो ।
लोकसेवाले स्थानीय तहका लागि ९ हजार १६१ कर्मचारी माग गर्दै विज्ञापन निकालेको थियो ।
लोकसेवाले निकालेको विज्ञापन समावेशी नभएको भन्दै जनजाति, मधेसीलगायतले विरोधमा उत्रेकाहुन् । लोकसेवा आयोगले कर्मचारी माग गर्दै प्रकाशन गरेको विज्ञापनमा सर्वोच्चमा मुद्दासमेत परेको थियो तर, परीक्षा रोक्न अन्तरिम आदेश नदिएपछि केहीको शुक्रबार परीक्षा सम्पन्न भएको छ ।