नेपालगन्ज उपमहानगरपालिकाको प्रेस सल्लाहकारमा गोविन्द


नेपालगन्ज उपमहानगरपालिकाको प्रेस सल्लाहकारमा गोविन्द

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिकाको प्रेस सल्लाहकारमा पत्रकार गोविन्द शर्मा नियुक्त भएकाछन् । उपमहानगरको प्रेस सल्लाहकारमा रहेका शुक्रऋषी चौलागाईलाई हटाई उनको ठाँउमा शर्मालाई बोर्ड बैठकबाट शनिबार निर्णय गरिएको हो ।

शर्मा गोरखापत्र दैनिकका बाँके समाचारदाता तथा लोकप्रिय दैनिकका प्रधान सम्पादक हुन् । नेपालगन्ज उपमहानगरपालिकाको शनिबार विहान बसेको बोर्ड बैठकले शर्मालाई प्रेस सल्लाहकारमा राख्ने निर्णय गरेको उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले सेतोखरीलाई जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिकाले नेपाल पत्रकार महासंघ बाँकेलाई सञ्चार विकासका लागि दिएको पैसामा अनियमितता भएको समाचार सेतोखरीले निरन्तर प्रकाशन गरेपछि नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार चौलागाई निलम्बनमा परेका हुन् ।

आर्थिक वर्ष सुरुवातसगैं प्रेस सल्लाहकार चौलागाईलाई हटाई पत्रकार शर्मालाई नेपालगन्ज उपमहानगरपालिकाले प्रेस सल्लाहकारमा नियुक्त गरेकोछ ।