हचुवाको डिजाइनले बस्ती जोखिममा


हचुवाको डिजाइनले बस्ती जोखिममा

नेपालगन्ज : यसअघि भारतको लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र बाँधका कारण डुवानमा पर्दै आएको बाँकेको राप्तीपारी र तटियक्षेत्र यो वर्ष भने हुलाकी राजमार्गका कारण डुवानमा परेको छ ।

सदरमुकाम नेपालगन्जदेखि कटकुइँयासम्मको निर्माणाधिन ४६ किलोमिटर हुलाकी सडकको गलत नक्साङ्कन कारण बस्ती डुवानमा परेका हुन् । राप्तीनदीमा तटबन्ध गरिएका कारण राप्तीसोनारी गाउँपालिका ७ का वडाअध्यक्ष रामलखन थारुलाई यो वर्ष राप्तीनदीको बाढीको डर छैन ।

तर, उत्तरबाट बग्ने खहरे खोलाको भने उनलाई ठूलो डर छ । कारण उत्तरबाट बग्ने खोलाको निकास हुलाकी सडकले थुनिदिएको छ । जसका कारण सडक उत्तरका अधिकांश गाउँ डुवानमा पर्ने गरेका छन् । राप्तीसोनारीको ७ नम्बर वडामात्र होइन नरैनापुर गाउँपालिका ५ गंगापुरमा पनि उस्तै समस्या देखियो ।

अघिल्लो बर्ष जस्तो राप्तीनदीमा बाढी आएको छैन । तर गंगापुरको बस्ती भने डुवानमा छ । राप्तीसोनारीको ७ नम्बर वडामात्र होइन नरैनापुर गाउँपालिका ५ गंगापुरमा पनि उस्तै समस्या देखियो । अघिल्लो वर्ष जस्तो राप्तीनदीमा बाढी आएको छैन ।

तर, गंगापुरको बस्ती भने डुवानमा छ । स्थानीय रामफेरन यादवले भने ‘नरैना गाउँपालिका पूरै डुबेको छ, पानीको कुनै निकास छैन । ’यो क्षेत्रमा उत्तरबाट ठूलठूला खहरे खोलाहरु पश्चिम दक्षिण मानव बस्ती भएर बग्ने गर्छन् । यसअघि ति खहरे खोलाको बाढी छरिएर बग्ने गरेका कारण उत्तर पश्चिमका बस्तीमा डुवानको समस्या थिएन । तर अहिले सडक अग्लो बनाइएको छ ।

पानीको निकासका लागि पर्याप्त कल्र्भट र पुल बनाइएको छैन । जुन ठाउँमा पुल र कल्र्भट बनाउनु पर्ने हो, त्यहाँ नबनाएर आवश्यक नभएकै ठाउँमा कल्र्भट र पुल बनाइएको छ । जसका कारण पानीको निकास थुनिएको छ ।

सडकमा ४७ वटा कल्र्भट र पुल बन्दैछन् ।  सडक डिभिजन कार्यालय नेपालगन्जका अधिकारीहरु नक्साकन त्रुटी भएका कारण बस्तीमा बाढीको जोखिम बढेको स्वीकार पनि गर्छन् ।

वर्षौदेखि सडकको प्रतिक्षा गरेका स्थानीयबासी सडक निर्माण हुँदा खुशी छन् । तर त्यही सडकले निम्त्याइरहेको डुवानले भने चिन्तित छन् । साढे दुई वर्षमा निर्माण सक्नुपर्ने गरि ६६ करोडको लागतमा नेपालगन्जको पुष्पलाल चोकदेखि कटकुइँयासम्म ४६ किलोमिटर सडक निर्माण भइरहेको कार्यालयका इन्जिनियर सुरेश चौधरी बताउँछन् ।

हचुवाको भरमा डिजाइन गरिएको निर्माणाधिन हुलाकी सडकले उत्तरतिरका दुई दर्जनबढी बस्ती जोखिममा परेका छन् ।