नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतका अधिकाशं वडामा अधिकृत अभाव रहेको छ । वडामा अधिकृतको दरबन्दी रहेपनि उपमहानगरपालिकाले सबै वडाका लागि अधिकृत पठाउन सकेको देखिदैन् । यसले अहिले धेरै वडा नायब सुब्बाको भरमा चलिरहेका छन् ।
उपमहानगरपालिकाको बोर्ड बैठकले अब वडा कार्यालयबाटै खाता सञ्चालन गर्ने निर्णइ गरेको छ । यसअघि उपमहनागरमा रहेका २३ वटै वडाको खाता उपमहानगरपालिका कार्यालयबाटै सञ्चालन हुँदै आएको प्रमुख प्रशासकिय अधिकृत हरी प्याकुरेलले बताए ।
अबदेखि वडाका सचिव र उपमहानगरपालिकाले खटाइदिएको अधिकृतको हस्ताक्षर रहने गरी सबै वडामा खाता सञ्चालन गर्ने निर्णय भएको उनी बताउँछन् ।
उपमहानगरपालिकामा रहेका अधिकृतलाई खाता सञ्चालनका लागि परिचालन गर्ने निर्णय भएको छ । उपमहानगरपालिकाका एकजना अधिकृतले दुई वटा वडा हेर्ने गरी खटाइएको छ । वडामै खाता सञ्चालन हुँदा अब जनताले अझ सुविस्ता पाउँने भएका छन् ।
वडा कार्यालयमा खाता नहुँदा स–साना कामका लागि उपमहानगरपालिकाको कार्यालयमा आउनु पर्ने बाध्यता थियो । दुई वर्षसम्म यसरी नै बित्यो । उपमहानगरपालिकाको एउटै खातामा सबै वडाको काम हुन्थ्यो ।
बोर्डको निर्णय पछि अब वडाको काम वडाबाटै हुने भएको छ । वडा कार्यालयमै खाता सञ्चालन हुँदा उपमहानगरपालिकामा कामको लोड घट्ने विश्वास गरिएको छ । लेखासँग सम्बन्धित कर्मचारीकै असहमतिले गर्दा अहिलेसम्म वडामा खाता सञ्चालन हुन सकेको थिएन।