नेपालगन्ज : प्रदेश लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराई सिफारिश भएका छन् ।
सन्धिखर्क नगरपालिका वडा नम्बर १० अर्घाखाँचीका स्थायी बासिन्दा भट्टराई महेन्द्र बहुमुखी क्याम्पस दाङका गणित विभागका प्रमुख थिए ।
मुख्यमन्त्री संयोजकत्वको तीन सदस्यीय समितिले भट्टराईलाई अध्यक्षमा सिफारिश गर्ने निर्णय गरेको हो ।
प्रदेश लोकसेवा आयोग गठनका लागि मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्ष दलको नेता रहेको सिफारिश समिति रहने प्रदेश लोकसेवा आयोग ऐनमा व्यवस्था छ ।
समितिको सिफारिशको आधारमा मन्त्रिपरिषदको बैठकले निर्णय गर्नेछ ।