नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १८ ले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
उप–महानगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैङ्कमा जम्मा गरिदिने भएपनि सेञ्चुरी बैङ्कसँग समन्वय गरि वडा कार्यालयबाटै भत्ता वितरण गरेको वडाअध्यक्ष दिपक बर्माले बताए ।
बिहीबारदेखि शुरु भएको भत्ता वितरण कार्य शुक्रबारसम्म सम्म चलेको थियो । वडा अध्यक्ष बर्माका अनुसार वडाभित्र सामाजिक सुरक्षाभत्ता पाउनेमा जेष्ठ नागरिक दलित ८०, अन्य जेष्ठ नागरिक एक सय ६६, एकल महिला २ सय ८३, पूर्ण अपाङग १४, आंशिक अपाङ्ग १६, दलित बालबालिका १ सय ६० गरि जम्मा ७ सय २८ जना रहेका छन् ।
सामाजिक सुरक्षा भत्ता वितरणका लागि सेञ्चुरी बैंङ्कले दुईजना कर्मचारीलाई वडा कार्यालयमै खटाएको थियो ।