निकुञ्जका ३७ मुद्दा अदालतमा


निकुञ्जका ३७ मुद्दा अदालतमा

नेपालगन्ज : बाँके निकुञ्जमा दर्ता भएकामध्ये ३७ थान मुद्दा बाँकेस्थित जिल्ला अदालतमा पठाईएको छ । यी मुद्दा अदालतमा दर्ता भई विचाराधिन अवस्थामा रहेका छन् ।

निकुञ्जमा वन्यजन्तुको चोरीसिकार तथा अवैध व्यापारका ५४ मुद्दा दर्ता भएको निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलिया बताउँछन् । उनकाअनुसार ३७ मुद्दा अदालतमा छन । १७ वटा निकुञ्जको कार्यालयमा दर्ता भएका छनरु। ३ सय ३८ जना चोरीसिकार गरेको आरोपमा पक्राउ परेका छन् ।

०७५÷०७६ मा जिल्ला वनतर्फ ३४ वटा मुद्दामध्ये १४ मुद्दा जिल्ला अदालत र २० वटा मुद्दा वन कार्यालयमा दर्ता भएका छन् । एक सय २७ व्यक्ति पक्राउ परेको उनी बताउँछन् । अदालतमा दर्ता भएका मुद्दा फैसला भने हुन सकेका छैनन् ।

निकुञ्जमा रहेका कपिय मुद्दामा छलफल तथा बहस भएपनि मेलमिलाप तथा कारवाहीका लागि मुद्दा फैसला हुन नसकेको बताईएको छ । निकुञ्जमा पर्यटक संख्या बढेका छन् । पर्यटन बढेसँगै राजस्वमा वृद्धि भएको उनले बताए । आर्थिक बर्ष ०७५÷७६ मा एक सय ४८ नेपाली, ११ सार्क र एक जना विदेशीसहित एक सय ६० पर्यटक निकञ्जको अवलोकनमा आएका थिए ।

जसबाट एक करोड ४ लाख ४९ हजार ९ सय ८२ रुपैयाँ राजस्व संकलन भएको छ । गतवर्ष २ जना मात्र पर्यटक आएका थिए । २ हजार मात्र राजस्व संकलन भएको थियो ।

आर्थिक वर्ष ०७५/७६ मा भएका सडक दुर्घटनामा बाँके राष्ट्रिय निकुञ्जका राजमार्गमा भएको सडक दुर्घटनामा ४५ वन्यजन्तु मारिएका छन । आर्थिक वर्ष ०७४/७५ मा ७२ वन्यजन्तु मारिएका थिए । त्यसअघि ०७३÷७४ मा ८३ वन्जन्तु सडक दुर्घटनामा मारिएको निकुञ्जको रेकर्डमा उल्लेख छ ।