माइती नेपालद्वारा ५७ महिलाको उद्धार


माइती नेपालद्वारा ५७ महिलाको उद्धार

नेपालगन्ज : खाडी मुलुक र भारतबाट माइती नेपाल, नेपालगन्जले एक वर्षको अवधिमा श्रम र यौन शोषणमा परेका ५७ जना महिलाको उद्दार गरेको छ । कामको शिलशिलामा विदेश गएका र मानव बेचविखनमा परेका महिलाको उद्धार गरि नेपाल ल्याइएको माइती नेपाल, नेपालगन्जका प्रमुख केशव कोइराला बताउँछन् ।

उनका अनुसार, भारतबाट ५४ र खाडीमुलुकबाट तीन जना महिलाको उद्धार गरिएको छ । उनले आर्थिक बर्ष ०७४/०७५ को तुलनामा गत आर्थिक वर्षमा उद्धार हुने महिलाको संख्या धेरै भएको बताए ।

माइती नेपाल, नेपालगन्जले आब ०७४/०७५ मा भारत र खाडीमुलुकबाट ५२ जना महिलाको उद्धार गरेको थियो । माइती नेपालको तथ्यांक हेर्दा बेचविखनमा पर्ने र उद्धार हुने महिलाको संख्या बढ्दै गएको छ ।

आर्थिक बर्ष ०६९/०७० मा १४ जनाको उद्धार भएको बताउँदै कोइरालाले आव ०७०÷७१ मा ३१ र आब ०७१/०७२ मा १९ तथा आव ०७२/०७३ मा २६ महिलाको उद्धा गरिए परिवारमा पुनस्र्थापना गरिएको बताए ।

उनले आब ०७३/०७४ मा भारत र तेस्रो मुलुकबाट श्रम र यौन शोषणमा परेका ५१ जना महिलाको उद्धार गरिएको जानकारी दिए । खोजतलासका लागि निवेदन दिनेको संख्या भने गत आर्थिक बर्षमा घटेको छ । उनले आर्थिक बर्ष ०७५/०७६ मा आठ सय ३३ वटा निवेदन परेकोमा एक सय ३६ जनामात्र फेला परेको बताए ।

आब ०७४/०७५ मा खोजतसालका ९ सय १३ निवेदन दर्ता भएकोमा एक सय ४३ जना फेला परेका थिए । माइती नेपालको तथ्यांक अनुसार गत आर्थिक बर्षमा घरेलु हिंसाका २५ वटा घटना भएका थिए । जस मध्ये १६ वटा उजुरी समाधान भएको कोइरालाले बताए ।

तर, आर्थिक बर्ष ०७४/०७५ मा १७ वटा घरेलु हिंसाको घटना घटेकोमा १४ वटा घटना समाधान भएका थिए । जोखिमपूर्ण यात्रा गरिरहेका नौँ सय दुई जनाको जमुनाह नाकाबाट उद्धार गरि आवधिक गृहमा राखेर परिवारमा पुनस्थपना गरिएको छ । तर, आर्थिक बर्ष ०७४/०७५ मा यो संख्या धेरै थियो । कोइरालाका अनुसार, आव ०७४/०७५ मा जोखिमपूर्ण यात्रामा रहेका नौ सय ३० जनालाई सीमा नाकाबाट उद्धार गरि आवधिक गृहमा राखेर परिवारमा पुनस्थापना गराइएको छ ।