पशुचौपाय नियन्त्रणमा लाखौ खर्च, उपलब्धी शून्य


पशुचौपाय नियन्त्रणमा लाखौ खर्च, उपलब्धी शून्य

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका सुर्खेतरोड लगायतका विभिन्न सडकमा रहेका छाडा पशुचौपाय नियन्त्रणमा असफल देखिएको छ । दिनहुँ छाडा चौपायाले सुर्खेतरोड लगायतका सडकमा दुर्घटना बढाईरहेका छन् । तर, पनि उपमहानगरपालिका पशुचौपायको उचित नियन्त्रणका लागि उदासिन देखिएको छ ।

कोहलपुर नेपालगन्ज सडकखण्डमा पशुचौपायले आतकै मच्चाईरहेका छन । उक्त सडक खण्डमा दुर्घटना मात्रै नभई हरियाली नेपालगन्ज अभियानका क्रममा रोपिएका विरुवा समेत नष्ट पारिरहेका छन् ।

सुर्खेतरोडमा विरुवा मात्रै नभई यातायातका साधन र पैदल यात्री समेत पशुचौपायबाट असुरक्षित देखिएका छन । छाडा चौपायाका कारण नेपालगन्जमा दैनिक जसो सवारी दुर्घटना भइरहेको प्रहरी बताउँछ ।

बाँके ट्राफिक प्रहरीको रेकर्डअनुसार गत आर्थिक बर्ष २०७५/७६ मा छाडा पशु चौपायाका कारण भएको सडक दुर्घटनामा परी एक जनाको ज्यान गएको र दुई जना गम्भीर घाईते भएका छन् ।

सवारी दुर्घटनामा गत वर्ष तीन वटा चौपायको मृत्यु भएको थियो । तर, ट्राफिकसँग आधिकारीक तथ्यांक भने छैन् । नेपालगन्जमा देखिएका छाडा चौपायका नियन्त्रणका लागि उपमहानगरपालिकाले अहिलेसम्म लाखौं रकम खर्च गरिसकेको छ । तर, उपलब्धी भने हात लाग्न सकेको देखिदैन् ।

यसैगरी छाडा पशु चौपाय ब्यबस्थापनका लागि कोहलपुर नगरपालिकाले पनि प्रसस्त बजेट छुट्टाएका थियो । तर, उक्त बजेटको सहि दुरुपयोग हुन नसकेको आम जनगुनासो आइरहेको छ । नगरपालिकाले एउटै शिर्षकमा दोहोरो बजेट छुट्टाउँदा पनि समस्याको समधान हुन नसकेको कोहलपुरका स्थानीय भुपेन्द्र अधिकारी बताउँछन् ।

नेपालगन्ज कोहलपुर सडक खण्डको हवल्दारपुरमा छाडा चौपायासँग गएराती मात्रै दुईजना घाइते भएका छन् । कोहलपुरबाट नेपालगन्जतर्फ आउँदै गर्दा छाडा चौपाया सग ठोक्किदा योगेन्द्र बुढा र मुक्ती शाही घाइते भएका हुन् ।

नगरपालिकाले गत आर्थिक बर्षमा नगर पशु सेवा शाखा अन्र्तगत छाडा पशुपंक्षी नियन्त्रण कार्यक्रम शिर्षकमा ३ लाख र अन्य आय मुलक तथा सीपमुलक कार्यक्रम अन्र्तगत १० लाख गरी १३ लाख बजेट छट्टाएको थियो ।

नगरपालिकाका मेयर लुट बहादुर रावतका अनुसार गत आर्थिक वर्षमा कोहलपुर क्षेत्र भित्रबाट करिब आठ ट्रक पशुचौपाया जिल्ला बाहिर पठाइएको छ । यद्यपी कोहलपुर नगरपालिकाले चालु आर्थिक वर्ष २०७६/७७ मा छाडा चौपाय नियन्त्रण तथा ब्यबस्थापनका लागि १० लाख बजेट छुट्टाएको छ ।

पछिल्लो समय छाडा पशुचौपायका कारण सर्वसाधरणले सास्ती भोग्नुपरेकोछ । छाडा पशुचौपायाको दीर्घकालिन समाधानका लागि सर्वत्र चर्चा उठेपनि सम्बन्धित निकायले भने केही गर्न सकेकोछैन ।

वर्षातका समय भएका कारण पनि अधिकांश खेतहरुमा धान रोपाई भएको छ भने चरणक्षेत्र जलमग्न भएका कारण यस्ता छाडा पशुचौपायाहरुले आफ्नो बास स्थान स्वरुप सडकलाई नै रोजेकाछन् ।

छाडा पशुचौपाया नियन्त्रणका लागि नेपालगन्ज उपमहानगरपालिकाले कान्जीहाउसमा लगेर थुन्ने बाहेक अरु केही गर्न सकेकोछैन । यसरी कान्जीहाउसमा थुनिएका छाडा पशुचौपायाहरु उचित आहार, शीतलता र स्वास्थ्य उपचारको कमीले दिनहुँ मर्ने गरेकाछन् । कान्जी हाउसमा थुनेर राखिएका छाडापशुचौपायाले नरकीय जिवन निर्वाह गर्नुका साथै अनाहकमा ज्यान गुमाइरहेकाछन् ।

छाडा पशुचौपाया नियनत्रणका लागि उपमहानगरपालिकाले पशुचौपायालाई नियन्त्रणमा लिने र कान्जी हाउसमा राख्नुमात्र दीर्घकालिन समस्याको समाधान होइन् ।
नगरमा छाडा छोडिने पशुचौपायाहरुको यकिन पहिचान गरि तीनका मालिक(पशुधनी)लाई कानूनी कारबाहीमा नल्याएसम्म यसले सफलता पाउदैन ।

अझ खुला सीमानाकाका कारण जसरी भारतीयहरु सहजै नेपाल प्रवेश गरि देशका विभिन्न स्थानमा गई स्थायी बसोबास गरिरहेकाछन् त्यसैगरी पनि सीमानाकाबाट नेपाल प्रवेश गर्ने पशुचौपायाहरुको सीमामै रोक लगाउनुपर्छ ।