स्ववियु निर्वाचनः मतदान सुरु, केहीमा स्थगित


स्ववियु निर्वाचनः मतदान सुरु, केहीमा स्थगित

नेपालगन्ज ५ चैत्र : करिब १४ वर्षपछि आज त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्र्तगत मतदान भइरहेकोछ । यसपटक सबै विद्यार्थी सङ्गठनको एकमात्र एजेण्डा स्ववियु निर्वाचन भएपछि निश्चित भएको हो । केही क्याम्पसहरुमा भने आन्तरिक विवादका कारण मतदान हुन सकेको छैन ।

राजधानीका त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, पुल्चोक क्यापस, थापाथली क्याम्पस, शंकरदेव, ल क्याम्पस, पदमा क्यन्या क्याम्पसमा मतदान सुरु भएको छ । आरआर क्याम्पस, अमृत साइन्स क्यापस, पशुपति क्याम्पस र कोटेश्वर क्याम्पसमा भने चुनाव स्थगित भएको छ ।

पटक–पटक घोषणा भए पनि यसअघि स्ववियु निर्वाचन हुन सकेको थिएन । आज भइरहेको स्ववियु निर्वाचनबाट राजनीतिक दलदेखि विद्यार्थी सङ्गठनसम्म उत्साही भएका छन् । उम्मेदवारी दर्तादेखि नै उत्साहपूर्ण रुपमा लागेका विद्यार्थी सङ्गठन आज झनै उत्साही भएका हुन् ।

देशभरिका त्रिविका ६२ आङ्गिक क्याम्पस र एक हजार ४० क्याम्पसमा एकै दिन हुने निर्वाचनले मुलुक स्ववियु निर्वाचनमय भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

विश्वविद्यालयमा अध्ययरत विद्यार्थी र तिनले आन्दोलनमार्फत गरेका सहमति कार्यान्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यान्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन हुँदै आएको छ । स्ववियु निर्वाचन २०६५ सालदेखि यता नियमित हुन सकेको छैन । विसं २०५४ मा भएको स्थानीय तहको निर्वाचन एकै पटक गणतन्त्र आइसकेपछि २०७४ सालमा भएको थियो । अहिले स्ववियु निर्वाचन पनि करिब १४ वर्षपछि हुन लागेको हो ।

प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचनमा विगतमा धेरै पटक प्रयास भएका थिए । तर, विद्यार्थी सङ्गठनको कारणले सम्भव भएको थिएन । केही क्याम्पसमा विद्यार्थी सङ्गठनबीच सहमति हुन नसक्दा निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

स्ववियु निर्वाचनमा अधिकांश क्याम्पसमा सत्तारूढ गठबन्धनका विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुले तालमेल गरेका छन् । स्ववियु निर्वाचन २०१८÷१९ सालदेखि भएको इतिहास रहेको छ । विसं २०३० देखि प्रत्येक वर्ष हुने स्ववियु निर्वाचन २०३६ सालबाट नियमित दुई/दुई वर्षमा हुन थालेको हो ।

विसं २०६५ सम्म नियमित भएको स्ववियु निर्वाचन त्यसयता मुलुकमा गणतन्त्र आइसकेपछि हुन सकेन । विसं २०७३ मा पहिलो पटक मिश्रित निर्वाचन प्रणाली र २८ वर्षे उमेर हदबन्दी लगाएर निर्वाचन भयो । तर, उक्त निर्वाचन धेरै क्याम्पसमा हुन सकेन । विसं २०७३ मा उपत्यकाका नौ र उपत्यकाबाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो ।

विसं २०७३ देखि स्ववियु निर्वाचन मिश्रित प्रणालीमा हुन थालेको छ । यसपटक पनि स्ववियु निर्वाचन मिश्रित निर्वाचन प्रणालीमा हुन थालेको हो । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।

यस्तै स्ववियु निर्वाचनमा उम्मेदवारका लागि उमेर हदबन्दी तोकिएको छ । विसं २०५१ चैत २८ गतेपछि जन्मिएका विद्यार्थी मात्र उम्मेदवार हुन पाउने व्यवस्था गरिएको छ ।

थप समाचार

मुलुक स्ववियु निर्वाचनमय

मब क्याम्पसको विवाद समाधान, विद्यार्थी संगठन निर्वाचनको तयारीमा जुटे

महेन्द्र बहुमुखी क्याम्पससहित ८ क्याम्पसको स्ववियु निर्वाचन रोकियो

स्ववियु निर्वाचन : यस्ता छन् विद्यार्थीका एजेण्डा

स्ववियु निर्वाचनमा आचारसंहिता : रंगरोगन र पोस्टर टाँस्न नपाइने

स्ववियु निर्वाचन : आज मनोनयनपत्र वितरण

स्ववियु निर्वाचनमा सत्तारुढ दलका विद्यार्थीबीच सहकार्य

स्ववियु निर्वाचन : देशभरका क्याम्पसमा निर्वाचन समिति गठन

स्ववियु निर्वाचन : देशभरिका क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता