नेपालगन्ज ५ चैत्र : करिब १४ वर्षपछि आज त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्र्तगत मतदान भइरहेकोछ । यसपटक सबै विद्यार्थी सङ्गठनको एकमात्र एजेण्डा स्ववियु निर्वाचन भएपछि निश्चित भएको हो । केही क्याम्पसहरुमा भने आन्तरिक विवादका कारण मतदान हुन सकेको छैन ।
राजधानीका त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, पुल्चोक क्यापस, थापाथली क्याम्पस, शंकरदेव, ल क्याम्पस, पदमा क्यन्या क्याम्पसमा मतदान सुरु भएको छ । आरआर क्याम्पस, अमृत साइन्स क्यापस, पशुपति क्याम्पस र कोटेश्वर क्याम्पसमा भने चुनाव स्थगित भएको छ ।
पटक–पटक घोषणा भए पनि यसअघि स्ववियु निर्वाचन हुन सकेको थिएन । आज भइरहेको स्ववियु निर्वाचनबाट राजनीतिक दलदेखि विद्यार्थी सङ्गठनसम्म उत्साही भएका छन् । उम्मेदवारी दर्तादेखि नै उत्साहपूर्ण रुपमा लागेका विद्यार्थी सङ्गठन आज झनै उत्साही भएका हुन् ।
देशभरिका त्रिविका ६२ आङ्गिक क्याम्पस र एक हजार ४० क्याम्पसमा एकै दिन हुने निर्वाचनले मुलुक स्ववियु निर्वाचनमय भएको छ ।
विश्वविद्यालयमा अध्ययरत विद्यार्थी र तिनले आन्दोलनमार्फत गरेका सहमति कार्यान्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यान्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन हुँदै आएको छ । स्ववियु निर्वाचन २०६५ सालदेखि यता नियमित हुन सकेको छैन । विसं २०५४ मा भएको स्थानीय तहको निर्वाचन एकै पटक गणतन्त्र आइसकेपछि २०७४ सालमा भएको थियो । अहिले स्ववियु निर्वाचन पनि करिब १४ वर्षपछि हुन लागेको हो ।
प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचनमा विगतमा धेरै पटक प्रयास भएका थिए । तर, विद्यार्थी सङ्गठनको कारणले सम्भव भएको थिएन । केही क्याम्पसमा विद्यार्थी सङ्गठनबीच सहमति हुन नसक्दा निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
स्ववियु निर्वाचनमा अधिकांश क्याम्पसमा सत्तारूढ गठबन्धनका विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुले तालमेल गरेका छन् । स्ववियु निर्वाचन २०१८÷१९ सालदेखि भएको इतिहास रहेको छ । विसं २०३० देखि प्रत्येक वर्ष हुने स्ववियु निर्वाचन २०३६ सालबाट नियमित दुई/दुई वर्षमा हुन थालेको हो ।
विसं २०६५ सम्म नियमित भएको स्ववियु निर्वाचन त्यसयता मुलुकमा गणतन्त्र आइसकेपछि हुन सकेन । विसं २०७३ मा पहिलो पटक मिश्रित निर्वाचन प्रणाली र २८ वर्षे उमेर हदबन्दी लगाएर निर्वाचन भयो । तर, उक्त निर्वाचन धेरै क्याम्पसमा हुन सकेन । विसं २०७३ मा उपत्यकाका नौ र उपत्यकाबाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो ।
विसं २०७३ देखि स्ववियु निर्वाचन मिश्रित प्रणालीमा हुन थालेको छ । यसपटक पनि स्ववियु निर्वाचन मिश्रित निर्वाचन प्रणालीमा हुन थालेको हो । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।
यस्तै स्ववियु निर्वाचनमा उम्मेदवारका लागि उमेर हदबन्दी तोकिएको छ । विसं २०५१ चैत २८ गतेपछि जन्मिएका विद्यार्थी मात्र उम्मेदवार हुन पाउने व्यवस्था गरिएको छ ।
थप समाचार
मब क्याम्पसको विवाद समाधान, विद्यार्थी संगठन निर्वाचनको तयारीमा जुटे
महेन्द्र बहुमुखी क्याम्पससहित ८ क्याम्पसको स्ववियु निर्वाचन रोकियो
स्ववियु निर्वाचन : यस्ता छन् विद्यार्थीका एजेण्डा
स्ववियु निर्वाचनमा आचारसंहिता : रंगरोगन र पोस्टर टाँस्न नपाइने
स्ववियु निर्वाचन : आज मनोनयनपत्र वितरण
स्ववियु निर्वाचनमा सत्तारुढ दलका विद्यार्थीबीच सहकार्य
स्ववियु निर्वाचन : देशभरका क्याम्पसमा निर्वाचन समिति गठन
स्ववियु निर्वाचन : देशभरिका क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?
रसुवा बाढी- तीन महिनाका लागि संकटग्रस्त घाेषणा, सरकारले अरु के निर्णय गर्याे?
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति