महेन्द्र बहुमुखी क्याम्पससहित ८ क्याम्पसको स्ववियु निर्वाचन रोकियो


महेन्द्र बहुमुखी क्याम्पससहित ८ क्याम्पसको स्ववियु निर्वाचन रोकियो

नेपालगन्ज २९ फागुन : विद्यार्थी सङ्गठनबीच भर्नाका विषयमा विवाद भएपछि नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पससहित ८ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचन प्रक्रिया अबरुद्ध भएकोछ ।

स्ववियु निर्वाचन नजिकिँदै जाँदा त्रिभुवन विश्वविद्यालयका आङ्गिकतर्फका ८ क्याम्पसमा भने निर्वाचन प्रक्रिया अवरुद्ध भएको हो ।

देशभरका क्याम्पसमा गत फागुन २७ गते उम्मेदवारको मनोनयन भए पनि ८ आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध हुन गएको छ ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी सङ्गठनबीच भर्नाका विषयमा विवाद भएको कारणले निर्वाचन प्रक्रिया रोकिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

उनका अनुसार महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जसहित काठमाडौं उपत्यकामा त्रिचन्द्र क्याम्पस, विश्वभाषा क्याम्पस र आयुर्वेद क्याम्पस तथा उपत्यकाबाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, सिद्धनाथ विज्ञान बहुमुखी क्याम्पस महेन्द्रनगर, धवलागिरि क्याम्पस बागलुङ र वीरेन्द्र क्याम्पस चितवनमा निर्वाचन प्रक्रिया अवरुद्ध भएका छन् ।

हाल अबरुद्ध भएको क्याम्पसको भर्ना बिबाद हल गरेर निर्वाचन प्रक्रिया अगाडी बढाउन क्याम्पस प्रमुखहरुलाई निर्देशन दिइसकेको छ ।

उनका अनुसार देशैभरीका अन्य क्याम्पसमा भने उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भएर निर्वाचन प्रक्रिया अघि बढिरहेका छन् ।

स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदैछ । कार्यतालिका अनुसार चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ । शनिवार समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी नामावली दाखिला र प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन गर्ने काम भएको थियो । तर, नेपालगन्जसहित ८ वटा क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ ।

कार्यतालिकाअनुसार आज सोमबार दिनको १ बजे उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय र दिनको २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने र छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने तालिका थियो ।

देशैरभका ६२ आंगिकमध्ये ५० भन्दा बढी क्याम्पसमा उम्मेदवारी दर्ता प्रक्रिया पूरा भएको छ । ६२ वटा आंगिक क्याम्पस मध्ये गोरखा क्याम्पस र धनकुटा क्याम्पसमा निर्विरोध स्ववियु नेतृत्व चयन भएको छ । यस्तै सामुदायिक क्याम्पसतर्फ ५० भन्दा बढीमा निर्विरोध नेतृत्व चयन भएको छ ।

स्ववियु निर्वाचन निर्देशिकामा निर्वाचन स्थगित भए त्यसको ३० दिनभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । ३० दिनभित्र निर्वाचनको दिन तोक्ने अधिकार क्याम्पस प्रमुखलाई दिइएको छ ।

थप समाचार

स्ववियु निर्वाचन : आज मनोनयनपत्र वितरण

स्ववियु निर्वाचनमा आचारसंहिता : रंगरोगन र पोस्टर टाँस्न नपाइने

स्ववियु निर्वाचनमा सत्तारुढ दलका विद्यार्थीबीच सहकार्य

स्ववियु निर्वाचन : देशभरिका क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता

स्ववियु निर्वाचन : यस्ता छन् विद्यार्थीका एजेण्डा

स्ववियु निर्वाचन : देशभरका क्याम्पसमा निर्वाचन समिति गठन