नेपालगन्ज २६ फागुन : त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारलाई मनोनयनपत्र वितरण गरिँदै छ ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार बिहान ११ देखि दिउँसो दुई बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका लागि मनोनयनपत्र वितरण गर्न लागिएको छ । उनले देशभरिका सबै क्याम्पसमा आज मनोनयनपत्र विवरण गरिने बताए ।
यस्तै, निर्वाचन कार्यतालिकाअनुसार विद्यार्थी संगठनले शनिबार बिहान ११ देखि दिउँसो दुई बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन् । निर्वाचन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुने तय भएको छ । -रासस
थप समाचार
स्ववियु निर्वाचनमा आचारसंहिता : रंगरोगन र पोस्टर टाँस्न नपाइने
स्ववियु निर्वाचनमा सत्तारुढ दलका विद्यार्थीबीच सहकार्य
स्ववियु निर्वाचन : देशभरिका क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?
रसुवा बाढी- तीन महिनाका लागि संकटग्रस्त घाेषणा, सरकारले अरु के निर्णय गर्याे?
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति