नेपालगन्ज: देवः विकास बैकले बाँकेका दुई सय जना विद्यार्थीलाई शैक्षिक सामग्री राख्नका लागि स्कुल व्याग वितरण गरेको छ ।
बैकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत बाँकेको खजुरा गाउँपालिका धिया स्थित पशुपति माध्यामिक विद्यालय तथा चमकदरपुर स्थित मदरसा नुरगाजि रजाउलुलुममा अध्ययनरत विभिन्न समुदायका दुईसय जना विद्यार्थीहरुलाई सुरक्षित साथ शैक्षिक सामाग्री राख्नका लागि स्कुल व्याग वितरण गरिएको छ ।
स्थानीय वडाका जनप्रतिनिधिहरु, स्थानीय संघसंस्थाका प्रतिनिधि, अविभावक, विद्यालयका कर्मचारीहरुको उपस्थितिमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशाराम थारु तथा बैंकका खजुरा शाखाका शाखा प्रबन्धक मुकेश राज जोशीले व्याग वितरण गरेका थिए ।
बैकको यस सहयोगबाट उक्त विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक सामाग्री सुरक्षित भई अध्ययनमा सहज हुने एवं सवल नागरिक निर्माणमा सहयोग पुग्नेमा बैंक विश्वस्त रहेको छ । आगामी दिनमा यस किसिमका कार्यमा बैकको निरन्तर सहयोग रहिरहने बैंकले जनाएको छ ।