नेपालगन्ज : क्षमता अभिवृद्धिका लागि हरेक व्यक्ति साक्षर हुन आवश्यक छ । खजुरा गाउँपालिका महिला २९ हजार २८ जना र पुरुष २८ हजार ४ जना गरी कुल ५७ हजार ३२ जनसंख्या रहेको छ ।
जसमध्ये १५ वर्ष देखि ६० वर्ष सम्मको जनसंख्यालाई आधार मान्दा यो उमेर समुहको जनसंख्या ३८ हजार ९ सय १ जना रहेको छ । जसमध्ये साक्षर जनसंख्या ३७ हजार ८ सय १६ जना रहेको खजुरा गाउँपालिकाको शिक्षा शाखा बताउँछ । सबै वडाको १५ देखि ६० वर्ष उमेरको साक्षरता ९६.९९ प्रतिशत रहेको छ ।
१५ देखि ६० वर्ष सम्मका कुल जनसंख्या मध्य ३.००१ प्रतिशत निरक्षरलाई पनि एक वर्ष भित्रै साक्षर गराउने र सोहि अवधि भित्रै अनिवार्य निशुल्क आधारभुत शिक्षा सुनिश्चितता भएको घोषणा गर्ने प्रतिवद्धता गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति बताउँछन् ।
पश्चिम नेपालको प्रदेश नंम्बर ५ मा पर्ने बाँके जिल्लाको खजुरा गाउँपालीका जहाँ मधेसी समुदायको बाहुल्यता रहेको छ । विगतमा शिक्षामा खास्सै पहुँच नभएको ठाँउ भएपन तर अहिले खजुरामा जाँदा धेरै शिक्षित व्यक्तित्व, शिक्षित समाज र अध्ययन गर्दै गरेका वालवालीकाहरु सहजै देख्न सकिन्छ ।
नेपाल सरकारले पनि सबै वालवालीकालाई शिक्षाको पहुँचमा ल्याउनका लािग विद्यालय वा वालवालीकालाई प्रोत्साहन भनि विभिन्न अनुदानहरु सहयोग गर्दै आइरहेको छ । खजुराका सबै वालवालिकालाई विद्यालय भित्राउनका लागी खजुरा गाउँपालिकाले विभिन्न सहयोग गर्दै आएको छ । हालसम्म खजुरा गाउँपालिकामा ३० वटा सामुदायिक, १७ वटा मदरसा र १८ वटा संस्थागत गरि ६५ वटा विद्यालयहरु सञ्चालनमा आइरहेका छन् ।
आधारभुत ४३ वटा र माध्यामिक २२ वटा विद्यालयहरु रहेका छन् । यसैगरी १ वटा सामुदायिक र १ वटा निजि क्याम्पस, २ वटा प्राविधिक धारका विद्यालय र २ वटा नमुना विद्यालयहरु प्नि यस गाउपालिकामा सञ्चालनमा आइरहेका छन् ।
सामुदायिक र निजि विद्यालयमा पुर्व प्राथमिक देखि कक्षा १२ सम्म जम्मा १७ हजार ८ सय ४९ जना विद्यार्थीहरु अध्ययनरत रहेको शिक्षा शाखा बताउँछ ।