महासंघको घरदैलो अभियान


महासंघको घरदैलो अभियान

नेपालगन्ज : नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले उद्योग नविकरण र कर भुक्तानीका लागि ‘घरदैलो’ अभियान चलाउने भएको छ ।

समस्यामा परेका उद्योगी, व्यवसायीले फोन गर्ने बित्तिकै सम्बन्धित ठाउँमै पुगेर नविकरण र कर भुक्तानी जस्ता कार्यमा सहायता गर्ने महासंघका कार्यालय प्रमुख बासुदेव सेडाई बताउँछन् ।

उनकाअनुसार कार्यव्यस्तता र जानकारी अभावमा कयौं उद्योगी, व्यवसायीले नविकरण र कर भुक्तानी नगरे जरिवान तिरेका छन् । त्यस्तो अवस्था नआओस् भन्दै आफुहरुले सहजिकरणको कामलाई प्राथमिकता दिएका छौ ।

महासंघले प्रविधि अनुदान, बिना धितो सहुलियत ऋण अनुदान, सिपमूलक कामहरु व्यवसायी माझ बढि भन्दा बढि पु¥याउने पनि उनले बताए । महासंघका अनुसार बाँकेमा ६ हजार बढि घरेलु तथा साना उद्योग दर्ता भइ सञ्चालनमा आएका छन् । तर, महासंघमा एक हजार तीन सय व्यवसायी दर्ता छन् ।